वीरगन्ज । छोटो समयमा दक्षता र गहन सीप प्राप्त गर्न प्रयोगात्मक र उद्योग केन्द्रित सिकाइ प्रदान गर्ने उद्देश्यले वीरगन्जमा चार दिने आवासीय तालिम संचालन गरिदै छ । इन–ईलम परियोजनाले उद्यमी सशक्तिकरण र लगानी प्रोत्साहनमा जोड दिन कर्णाली र मधेश प्रदेशलाई लक्षित गरी यो तालिम संचालन गर्न थालेको हो ।
यसको अगुवाई बुद्ध इन्क्यूवेशन सेन्टर (वीपीसी) र हेल्भेटास नेपाल संयुक्तरुपमा गरिरहेको मंगलबार आयोजक संस्थाले जनाएका छन् । उद्यमशीलता प्रवद्र्धन तथा लगानी वातावरण निर्माणमा जोड दिन कार्यक्रम गर्न थालिएको हेल्भेटास नेपालका टिम लिडर सन्दिप पौडेलले बताए ।
पहिलो चरणमा सामान्य व्यवसाय गर्दै गरेका २५ व्यवसायीलाई लक्षित गरी बुधबारदेखि शनिबारसम्म (४ दिन) आवासीय कार्यक्रम हुनेछ । दोस्रो चरणमा थप २० जनालाई उद्यम र लगानी प्रवद्र्धन गर्न विचार विकास तथा लगानीको वातावरण सृजना गर्न त्यो पनि आवासीय तालिम संचालन हुने उनको भनाइ छ । दुवै चरणका सहभागीहरुलाई अनलाई मार्फत सूचना जारी गरी आह्वान गरेर छनौट गरिसकिएको पनि आयोजकले जनाएको छ ।
उद्यमी लगानी सशक्तिकरण विचार निर्माण, विकास तथा लगानी वातावरण निर्माण गर्न ४ दिन आवासीय कार्यक्रम र बाँकी ६ महिना पनि सहभागीहरुलाई निरन्तर साथ र सहयोग गरी दक्षता हासिल गर्न टेवा दिने बुद्ध इन्क्यूवेशन सेन्टर (वीपीसी) डा.अरविन्द श्रेष्ठले बताए । तालिम उपरान्त पनि लगातार ६ महिनासम्म ती व्यवसायमा सकृयहरुलाई साथ सहयोग गरी विदेश पलायन हुने युवाहरुको संख्यात्मक वृद्धिलाई रुपान्तरण गर्न अग्रसरता देखाएको उनको भनाइ छ ।

नवप्रवद्र्धनशील उद्यमी तथा सम्भावित लगानीकर्ता बीचको अन्तरसम्बन्धलाई सदृुढ गर्न दिगो व्यवसायिक वृद्धि, आर्थिक विकास स्टार्टअफ इकोसिष्टम सवलीकरण गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बुद्ध इन्क्यूवेशन सेन्टर (वीपीसी) डा.बासुदेवलाल कर्णले बताए । आवासीय बुट्याम्प नवप्रवर्तनयुक्त सोच भएका आकांक्षी तथा स्थापित उद्यमी र लगानीकर्ताका लागि उद्योग विशेषज्ञहरु मार्फत एउटै साझा प्लेटफर्ममा सहभागी गराई प्रशिक्षण दिने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ ।
सहभागीहरूले व्यवसायिक विचार तथा मोडेल विकास, विशेषज्ञ मार्गदर्शन मार्फत स्टार्टअप विकास तीव्रता, लगानीकर्तासँग सीधा सम्बन्ध विस्तार गर्न र नेटवर्किङ्ग समूह निर्माणमा बल मिल्ने गरी अभ्यास र व्यवसायिक प्रस्तुतिकरण जस्ता गहन तथा व्यवहारमुखी कार्यक्रम यो चारदिनमा गरिने आयोजक संस्था हेल्भेटासका मधेश प्रदेश संयोजक कृष्णलाल कर्णले पनि बताए ।
बुट्याम्पका सहभागीहरूको छनोट प्रक्रिया कडा प्रतिस्पर्धात्मक आधारमा कर्णाली र मधेश प्रदेश इन–इलम परियोजनाले गरिसकेको छ । अनलाईनबाट प्राप्त सयौं निवेदक मध्ये उत्कृष्ट सम्भावनायुक्त नवप्रवद्र्धनमा आधारित व्यवसायिक प्रस्तावहरु मात्र सुक्ष्म मूल्याँकनका आधारमा अन्तिम सूचिमा समेटिएको उनको भनाइ छ ।
यो कार्यक्रम सम्पन्न गरी करीब १० लाख जति लगानी लाग्ने र सो लगानी खुल हल्ेभेटास नेपाल इन–इलम परियोजना, वीरगन्ज उद्योग बाणिज्य संघ, उद्योग बाणिज्य महासंघ मधेश प्रदेश, वीरगन्ज महानगरपालिका, एनवाईईएफ, पूर्वाञ्चल विश्वविद्यालय, मधेश विश्वविद्यालय र बुद्ध इन्क्यूवेशन सेन्टरलगायत सहयोगी संस्थाहरुको समन्वयमा गरिन लागेको छ । खास गरी शैक्षिक संस्थाहरुसँगको सहकार्यले उद्यमशिलता प्रवद्र्धनमा तीव्र गति प्रदान गर्न टेवा मिल्ने भएकोले ईलम हेल्भेटास नेपालले शैक्षिक क्षेत्रमा सकृय बुद्ध इन्क्युवेशन सेन्टरसँग सहकार्य गरी कार्यक्रम तय गरिएको पनि जनाएको छ । उच्च शैक्षिक महत्वका साथ उद्यमशीलता विकासमा विश्वसनीय कार्यक्षमता, प्रभावकारी कार्यान्वयन र प्राविधिक दक्षताको उपलब्धी महसुस हुने गरी कार्यक्रम आयोजना गरिएको खुलेको छ ।
आवश्यक श्रोत, पूर्वाधार मार्गदर्शन र व्यवसायिक सम्बद्धताको पहुँच उपलब्ध गराउँदै आएको बुद्ध इन्क्यूवेशन सेन्टर र हेल्भेटास नेपालले इन ईलम परियोजनामा स्थानीय उद्यमशिलता सवलीकरण मार्फत सवावेशी आर्थिक विकास र दीगो जीविकोपार्जनमा जोड दिन संयुक्त रुपमा गरेको जनाएका छन् ।






