प्रति तोला १३ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ४३ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ८५ रुपैयाँले घटेर प्रतितोला तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा तीन हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण