राजविराज । सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिवन्धित लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । उक्त गाँजा ओसार पोसारमा संलग्न एक जना ट्रक चालक समेत पक्राउ परेका छन ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट बिहीबार राति १०ः३० तीर प्रहरीले ९७८ किलो गाँजा सहित सुनसरीको धरान उपमहानगरपालिका वडा १३ का २५ बर्षीय संजय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
पूर्व–पश्चिम राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९७८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।
ट्रक र चालक समेतलाई नियन्त्रणमा लिई सो ’bout. थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।






