मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने


मोरङ, २८ माघ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी १ नं. प्रदेश समितिको आयोजनामा मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। लिग कम नकाउटको आधारमा खेलाइने प्रतियोगितामा प्रदेशका १४ जिल्लाले सहभागिता जनाउने छ्न ।


 एकेडेमी प्रदेश समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दैप्रतियोगिता सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने जानकारी दिएको छ ।तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगितामा समूह ए मा झापा,धनकुटा, ताप्लेजुङ र इलाम बिच प्रतिस्पर्धा हुनेछ ।  समूह बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, समूह सी मा सुनसरी, पाँचथर र संखुवासभा, समूह डी माओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ प्रतिस्पर्धा गर्नेछन् । समूह बिजेता र उपबिजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको  छ । समूह बिभाजन पत्रकार सम्मेलनमा नै गरिएको हो ।


४८ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा पुरस्कार तर्फ ४लाख १ हजाए खर्चिने बताएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाका अनुसार प्रतियोगिताको प्रथमले १ लाख ५१ हजार, दोस्रो ले १ लाख,  तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, उदयमान, बेस्टब्लकर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट डिफेन्सर र बेस्ट सर्भरलाईजनही १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने  आयोजकले जानकारी दिएको छ ।


१२ जना खेलाडी,टीम ब्यवस्थापक र प्रशिक्षक गरि एउटा जिल्लाबाट १४ जनाकोसमूहले सहभागिता जनाउने छ्न । ४४ लाख रूपैयाँ पुरस्कार बाहेक खर्च लाग्नेअनुमान गरेको आयोजकले सवैभन्दा बढी यातायातमा ११ लाख ५० हजार र सवै भन्दाकम प्रचार प्रसार मा ५० हजार मात्र  खर्चिने भएको छ ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले उद्घाटन गर्ने प्रतियोगिताको समापन  मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा प्रतियोगिता आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यस्ले आन्तरिक पर्यटन प्रवर्द्दनमा थप सहयोग पुग्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस