पोखरा । सहारा क्लब पोखरा आयोजनामा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको मिति तय भएको छ । यो संस्करण आहा रारा पोखरा गोल्ड कपको रजतजयन्ती संस्करणसमेत हो ।
आगामी २७ माघदेखि ९ फागुनसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने गरी एन्फाबाट समयतालिका प्राप्त भएको सोमबार पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा केही विदेशी टोलीले समेत भाग लिने छन् ।
२०५८ सालदेखि संचालन हुँदै आएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप नेपालमा यति लामो समयसम्म नियमित हुने एकमात्र फुटबल टुर्नामेन्ट हो ।
आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगरपालिका हो । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबसँग सधैँ सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।
यसैबीच, क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ आयोजित सहारा च्यारिटी डिनर नाइट–२०८२ को आयव्यय सार्वजनिक गरेको छ । जसमा केही उठ्न बाँकीसमेत गरी १७ लाख ४१ हजार बचत भएको महासचिव गंगाराम पौडेलले बताए ।
२४ लाख १९ हजार १७७ आम्दानी भएकामा खर्च कटाई सो रकम बचत भएको हो । सबैभन्दा बढी हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार प्राप्त भएको पौडेलले बताए ।
सम्बन्धित समाचार
उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी
एनपीएल क्रिकेट : आज चार टोली मैदानमा
सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप हुने
लुम्बिनीको विजयी सुरुवात
सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
विराटनगरको लगातार दोस्रो जित
विराटनगर र सुदूरपश्चिमको लगातार तेस्रोे जित






