राजविराज । हार्डवेयरका समान राख्ने भनी भाडाको गोदाम लिएर एक व्यवसायीले मलखाद्यको कालोबजारीका लागी उक्त गोदामको प्रयोग गरिरहेको खुलासा भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-९ इनरुवा चौक निवासी हार्डवेयर पसल व्यवसायी धमेन्द्र दासले भाडाको गोदाम लिइ मलखाद्यको कालोबजारी गर्दै आएको खुलासा भएको हो ।
धमेन्द्रको गोदाम भाडामा लिइ मल खाद्यको कालोबजारी गर्ने अर्काे धमेन्द्रलाई खोज्दै प्रहरी
गोप्य सुचनाका आधारमा आइतवार साँझ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं.६ हेडक्वाटर सप्तरी र इलाका प्रहरी कार्यालय हनुनमाननगरबाट खटेको टोलीले छापा मार्दा उक्त गोदामबाट कालोबजारीका लागी राखिएका १ सय ३४ बोरा डिएपी मल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार अबैध रुपमा राखिएका १ सय ३४ बोरा मलखाद्यको कुल तौल ६ हजार ७ सय केजी रहेको छ ।
उक्त गोदाम स्थानीय खाद्यान्न व्यवसायी धमेन्द्र जैनको रहेको छ । अनुसन्धान गर्र्दै जादा हार्डवेयर व्यवसायी धमेन्द्र दासले हार्डवेयर सामग्री राख्ने भन्दै उनी संग भाडामा लिएका थिए ।
प्रहरीले छापा मार्दा धमेन्द्र दास फरार भएको र उनको खोज तलास कार्य भईरहेको प्रहरी नायब उपरिक्षक पुरीले बताए । जिल्लामा आवश्यक्ता अनुसार मल न आएका कारण किसान समस्यामा परेका बेला केही व्यवसायीले कालोबजारी गरिरहेको जनगुनासो पछी प्रहरी प्रशासनले अनुगमन तथा निगरानी बढाएको छ ।
सम्बन्धित समाचार
धनुषामा मिटरब्याज पीडित महिलाको बीभत्स हत्या
मधेश प्रदेशमा आ–आफ्नै डम्फू
रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकामा परिवर्तन परियोजना संचालन
रौतहटमा एमालेका निर्वाचित वडा अध्यक्ष आजपामा प्रवेश
शिक्षा विकास समन्वय एकाई प्रमुखको लपरवाहीले सेवाग्राही आर्जित
पर्सामा उत्साहजनक मतदाता नामावली संकलन
करणी अभियोगमा खतिवडा र भोलन पक्राउ
सर्लाहीमा ब्रह्म्पुरी गाउँपालिका अध्यक्षको छोरा २४ घण्टापछि हिरासतमुक्त






