करणी अभियोगमा खतिवडा र भोलन पक्राउ

काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विमानस्थल सुरक्षा गार्ड रूम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङिया बस्ती बस्ने ४० वर्षीय सोमबहादुर भोलनलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोमबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने