राजविराज । भगवान राम र माता सीताको विवाहका विभिन्न धार्मिक विधी गरी प्रत्येक वर्ष मानाईने विवाह पञ्चमी उत्सवको रौनक राजविराज कारागारमा समेत देखिएको छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार राजविराज कारागारका कैदी बन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन ।

राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए । यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए ।
मंगलवारका दिन परेकाले कतिपय कैदीबन्दी हनुमान देउताको पनि पुजापाठ र हनुनमान चालिसा बाचन गरेको उनले सुनाए । विवाह पञ्चमीको अवसर पारेर मंगलवार विहानै देखी कैदीबन्दीले थालेको भजन किर्तन र पुजापाठमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोली पनि सहभागी भई प्रवचन मार्फत पापबाट मुक्ती तथा सत्यमार्गमा हिड्न प्रेरित गरेका छन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित ओमशान्ति मिडीयाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीहरुलाई सत्यमार्गमा हिड्न तथा जेलजीवन विताई घर फर्केपछि समाजमा गरिने ब्यवहार तथा आचरण ’bout ज्ञान बाँडेका थिए ।
टोलीले कैैदीबन्दीहरुलाई आध्यात्मीक ज्ञान संगै मानवीय धर्म ’bout समेत प्रशिक्षण दिएका छन । यता विवाह पञ्चमीको अवसर पारेर यहाँ स्थित राम मन्दीर समितीद्वारा गठित विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीको अगुवाईमा भब्य शोभायात्रा निकालिएको छ । शोभा यात्रामा भक्तजनले जय श्रीरामको नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए । पुजा समितीका संयोजक सुर्य नारायण यादवले समाजिक सदभाव, सुखःशान्ति तथा एकताको सन्देश दिन पनि शोभा यात्रा निकालिएको बताए ।
यस अवसरमा साँस्कृतिक तथा माहाप्रसाद वितरण, साधु सन्तलाई निशुल्क भोजन लगायतका कार्यक्रमको समेत आयोजना गरिएको रामन्दिर निर्माण समितीका अध्यक्ष खुशीलाल याद वले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर मंगलवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी रौनक र सहभागिता दुबै बढेको विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीले जनाएको छ ।





सम्बन्धित समाचार
शिक्षा विकास समन्वय एकाई प्रमुखको लपरवाहीले सेवाग्राही आर्जित
विद्यालय नर्स सञ्जिता साहः फेसबुकबाट प्रेम, अदालतमा विवाह दर्ता, विवाहपछि तिरस्कार
विहे भएको ४ महिनामै घर निकाला
कोठामा थुनेर कुटपिट गरिएका मुकेशको मृत्यु, एक महिलासहित ४ पक्राउ
सफा, हरियो, उज्यालो र सुरक्षित धनगढीका लागि साइकल र्यालीको आयोजना (फोटोफिचरसहित)
रौतहटमा एमालेका निर्वाचित वडा अध्यक्ष आजपामा प्रवेश
मधेश प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग्दै टायर बालेर प्रदर्शन
हतारमा काजकिरिया गर्दा मृत्यु दर्तामा समस्या






