कांग्रेस महाधिवेशन विवादः भोलि बस्ने बैठकबाट वारपार गर्ने कसरत

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति टुंगो लगाउन नेताहरूलाई सकस भएको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अघि कि पछि भन्ने विवादमै कांग्रेस नेताहरू अल्झिएका छन् । महाधिवेशन मिति टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा निर्वाचनको तयारी फितलो हुँदै गएको छ ।

कांग्रेस शीर्ष नेताहरू १५औं महाधिवेशनको मिति’bout देखिएको विवादको गाँठो फुकाउन जुटेका छन् । तर, सहमति हुन सकेको छैन । नियमिति महाधिवेशनको मिति टुंगो लगाउन नसक्दा विशेष महाधिवेशन गर्नुपर्ने आवाजसमेत कांग्रेसमा जोडतोडले उठिरहेको छ । विशेष महाधिवेशन पक्षधरहरूले बुधबार काठमाडौं भेला नै गर्दै विधानअनुसार विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको मिति’bout सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । मंगलबार नै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूसँग छलफल गरेका कार्यबाहक सभापति खड्काले निर्वाचनपछि महाधिवेशनमा जानुपर्ने सुझाएका छन् ।

तर, महामन्त्रीद्वय थापा र शर्माले आमनिर्वाचन अघि नै नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने अडान राखेका छन् । दुवै समूह आआफ्नै अडानमा अडिग भएपछि सहमति जुट्न सकेको छैन । यही विवादका बीच भोलि शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहीबारका लागि तय भएको थियो । तर, भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको छ ।

गत ६ मंसिरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै सम्पन्न भएको थियो । साथै, महाधिवेशनको मिति’bout देखिएको विवाद अनौपचारिक रूपमा छलफल गर्दै टुंगो लगाउने निष्कर्ष कांग्रेसको थियो । यसबीचमा कार्यबाहक सभापति खड्काले नेताहरूसँग छलफल गरे पनि कुनै सहमति भने जुटेन ।

गत २८ असोजबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निरन्तर चलिरहेकै बेला १९ कात्तिकमा महामन्त्री थापाले अगामी १६ देखि १९ पुसमा १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । तर, सोही दिन महामन्त्री थापाको प्रस्तावको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले २७ देखि ३० वैशाख २०८३ मा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यादवको प्रस्तावमा संस्थापनपक्षको समर्थन छ भने थापाको प्रस्तावमा संस्थापनइतरका नेताले समर्थन गरेका छन् । महाधिवेशनको मिति टुंगो लगाउने ’boutमा देखिएको विवाद समाधानका लागि कार्यबाहक सभापति खड्कालाई जिम्मेवारी दिइएको थियो । तर, उनी समाधान गर्न असफल भइसकेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेसम्म महाधिवेशन मिति टुंगो लगाउने ’boutमा देखिएको विवाद मिल्न नसकेको बताए । विवाद समाधानका लागि कार्यबाहक सभापतिलाई जिम्मेवारी दिइएको बताउँदै मिलाउने प्रयास जारी नै रहेको बताए ।

‘खासमा महाधिवेशन निर्वाचन अघि कि पछि गर्ने ’boutमा विवाद हो, निर्वाचनमा टिकट वितरण र पैसाको खेलोमेलो कसले गर्ने त्यही अधिकार हत्याउन विवाद सिर्जना गरिएको छ, यही कार्यसमिति भए सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्काले टिकट वितरण गर्ने र आफ्ना मान्छेलाई अत्यधिक दिने देखिन्छ, अर्कोतर्फ हामी महाधिवेशनबाट निर्वाचित भएर आए हामी टिकट बाँड्न पाउँछौं भन्ने होडबाजी महामन्त्रीद्वय गगन र विश्वजीको छ,’ कांग्रेसका एक नेताले भने ।

विशेष महाधिवेशनको आवाज चर्को
कांग्रेसमा नियमिति महाधिवेशनको मिति ’boutमा विवाद चर्किदैजाँदा उता विशेष महाधिवेशन गर्नुपर्ने आवाज पनि चर्कोरूपमा उठिरहेको छ । विशेष महाधिवेशन पक्षधरले बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा भेला गर्दै विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेका छन् ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कांग्रेस केन्द्रीय कार्यसमितिमा बुझाइएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भेलामा ४ केन्द्रीय सदस्य र दुई जना प्रदेश सभापतिको समेत सहभागिता थियो ।

भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटीलगायत सहभागी थिए । यस्तै, भेलामा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि सहभागी भएका छन् ।

कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीलाई उचाइमा पु¥याउनका लागि आफूहरूले विशेष महाधिवेशनको प्रस्ताव अगाडि बढाएको बताए । उनले विशेष महाधिवेशन पार्टी फुटको विषय नभएर पार्टीलाई एकताबद्ध कसरी बनाउने, एकढिक्का कसरी बनाउने, नयाँ परिस्थितिमा पार्टीलाई कसरी सम्हाल्ने र आउने चुनौतीहरूसँग जुध्नसक्ने पार्टी बनाउने विषय रहेको बताए ।

‘विशेष महाधिवेशन हामीलाई चाहियो, उहाँहरूले ४ वर्षभित्र पार्टीको १५औं महाधिवेशनको तयारी गर्नुभएन, तयारी थाल्नु पनि भएन, त्यसमा तदारुकता देखाउनु भएन, उदासीनता देखाउनुभयो, जेन–जी आन्दोलनपछि पनि हामीले भन्यौं– अब नेतृत्व बदल्नुपर्ने भयो, मौजुदा नेतृत्वलाई लिएर हामी निर्वाचनमा जान सक्दैनौं, संसद्को पहिलो पार्टी भएर पनि मुलुकको नेतृत्व किन गर्न सकेन ? उहाँहरूसँग जवाफ छ ?’ घिमिरेले प्रश्न गरे ।

कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् । पार्टी विधानले विशेष अधिवेशनलाई गणना नगरेकाले छोटो अवधिका लागि शेरबहादुर देउवाले कार्यकाल लम्बाउनसक्ने स्पष्ट पारे । उनले विशेष महाधिवेशनबाट लम्ब्याएको कार्यकालले वैधता प्राप्त गर्ने पनि बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टीको विधानबमोजिम नै आफूहरूले विशेष महाधिवेशनको माग गरेको जनाएका छन् । विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । ‘यो विशेष महाधिवेशनको माग विभाजन गर्नका लागि गरिएकै होइन, विशेष महाधिवेशन विधानमा भएको व्यवस्थाअनुसार कतिपय विषयमा विशेष निर्णय गर्नुपर्ने अवस्थामा केन्द्रीय समितिले कहिलेकाहीँ त्यसमा विचार पु¥याउन नसकेको ठान्यो भने महाधिवेशन प्रतिनिधिहरूले यो अधिकार प्रयोग गर्न खोज्दैगर्दा त्यसलाई खराब देख्नु दृष्टिदोष हुन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन