पशुपति क्षेत्र विकास कोषका कावा सदस्यसचिवको मनोमानी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यबाहक सदस्यसचिव सुभाषचन्द्र जोशी एकपछि अर्को विवादमा मुछिन थालेका छन् ।

कार्यकारी निर्देशकका हैसियतमा कोषको कार्यबाहक सदस्यसचिव बनेका जोशीले पदको दुरुपयोग गर्दै सदस्य सचिव चढ्ने गाढी परिवारका सदस्यलाई दिएपछि उनीविरुद्ध कोष हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी परेको छ ।

कोषको गाडीमा आफन्तको रजाइँ, पार्किङदेखि फर्निचरसम्ममा घोटाला

कावा सदस्यस्यसचिव भएपछि उनले सदस्यसचिवले चढ्दै आएको बा१झ ८१०२ नम्बरको स्कारपियो गाडी श्रीमतीलाई जिम्मा लगाएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै कोषदखि अख्तियारसम्ममा उजुरी परेको छ ।

श्रीमती र परिवारका आफन्तले दुरुपयोग गर्दै आएको सो सवारी गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीमा आन्दोलनकारीले जलाइदिइसकेका छन् । भंैसेपाटीमा गाडी जले पनि जोशीले गौशाला प्रहरी वृत्तमा गाडीको मुचुल्का तयार पार्न खोजेपछि कोषका पदाधिकारी र प्रहरीले नमानेपछि हालसम्म गाडीको अवस्था भने अज्ञात छ ।

प्रहरीले भने आन्दोलनमा जलेका गाडीको लिस्टमा पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सो गाडी नभेटिएको बताएको छ । १७ असार २०८१ मा खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका जोशी सदस्यसचिवको पद रिक्त भएपछि कार्यबाहकका रूपमा कार्यरत छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पालामा नियुक्त भएका जोशी पछिल्लो दिन सदस्य सचिव बन्न प्रधानमन्त्री कार्यालयदेखि पर्यटन मन्त्रालय हुँदै विभिन्न शक्ति केन्द्र धाइरहेका छन् ।

तर, पछिल्ला दिन उनका एकपछि अर्को काण्ड सार्वजनिक हुन थालेका छन् । पाशुपत क्षेत्रभित्रको पार्किङमा मिलेमतोमा ठेक्का दिलाएर मोटो रकम असुल गरेको देखि तीजका बेला आवश्यकताभन्दा बढी खर्च भएको बिल पेस गरेको, फर्निचर खरिदमा अस्वाभाविक बिल पेस गरी रकम लिएको लगायतका अभियोग उनीमाथि छ ।

कांग्रेस नेता तथा पूर्वपर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेकी श्रीमतीसँगको सहकार्यमा पाशुपत क्षेत्रेभित्र धार्मिक लाइब्रेरी निर्माण हुने भएपछि मन्त्री पाण्डेसँग नजिकिएका जोशी र पाण्डेबीच पछिल्ला दिन पारिवारिक निकटता बढेको स्रोतको दाबी छ ।

यही निकटताका कारण जोशीले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको सवारी परिवारका सदस्यसम्मलाई खुलमखुला प्रयोग गर्न दिँदासमेत कोषका अन्य पदाधिकारी चुपचाप थिए । तर, जेनजी आन्दोलनमा यो गाडी जलेपछि भने गाडीको मुचुल्का उठाउने विषय कोषभित्रै पेचिलो बन्दै गएको छ ।

आफ्नो अधिकार क्षेत्र नै नभएको विषयमा समेत स्वार्थ समूहसँग मिलेर गैरकानुनी लाभका लागि जोशीले विभिन्न हर्कत गर्न थालेको अख्तियारको उजुरीमा उल्लेख छ ।

अख्तियारमा परेको अर्को एउटा उजुरीमा जोशीले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्षसमेतको मिलेमतोमा पाशुपत क्षेत्रको भण्डारखाल बगैंचा परिसरको पार्र्किङ निःशुल्क गर्ने निर्णय गरेर कोषलाई मासिक १ लाख ३० हजार रुपैयाँ नोक्सान पु¥याएको उल्लेख छ ।

उजुरीमा क्षेत्राधिकारविहीन कार्य गरी कोषलाई आर्थिक हानि भइरहेकाले छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव प्रशासनिक पद हो । जसले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्र गर्ने अधिकार राख्छ । तर, जोशीले कोषको समन्वयन र सहमतिसमेत नलिई आफूखुसी निर्णय गर्ने गरेको भन्दै कोषका पदाधिकारी नै असन्तुष्ट छन् ।

एकपछि अर्को विवादमा मुछिएका जोशीलाई नै पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनाउन प्रधानमन्त्री कार्यालयका कर्मचारीदेखि पर्यटन मन्त्रालयका सचिवसम्मले लबिइङ गरिरहेको स्रोतको दाबी छ ।

कोषमा कार्यकारी निर्देशकको भूमिकामा आउनुअघि जोशी एउटा कलेजमा अध्यापनमा संलग्न थिए । कोषको कार्यकारी बन्न र सदस्य सचिव बन्नसमेत उनको योग्यता नपुग्ने भन्दै आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैचामा द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को ग्रान्ड फिनाली हुने