काठमाडौ । सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)








