काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यति आफ्नो पछिल्लो ¥याप गीतका कारण चर्चामा छन् । उनले नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ओएसटी गीत ‘आम नेपाली बुवा…’ गायक छन् । उनले यो गीतलाई आफ्नै युट्युब च्यानलबाट आइतबार बेलुका सार्वजनिक गरेका हुन् । यो गीतलाई रिलिज भएको २० घण्टामा साँढे आठ लाख पटक युट्युबमा हेरिएको छ ।
गीतमा आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ ¥यापका माध्यमबाट प्रस्तुत गरिएको छ । ‘आम नेपाली बुवा’मा स्वरसँगै शब्द पनि बालेनको छ । भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको कारण पनि अझ गीत सशक्त बनेको देखिन्छ ।
चलचित्रका कलाकार गणेश उप्रेती, उमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई जस्ता कलाकारका विभिन्न भावभंगीको भिडियो यो गीतमा समेटिएको छ ।
हालै दिवंगत बुवालाई बालेनले आफ्नो -याप समर्पित गरेका छन् । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को कथामा पनि बाउ छोराको सम्बन्धलाई देखाइएको छ । वालेनका वुवाको निधनको समवेदना र चलचित्र ‘झरीपछिको इन्द्रेणी’मा बुबा छोरा बिचको सम्बन्धलाई देखाउन पनि यो गीत ल्याइएको यस चलचित्रका निर्देशक अर्जुन घिमिरेले बताएका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’लाई यो गीतको कोरस ¥यापमा समावेश गरिएको छ । कोरस गायिका दीक्षा उप्रेतीले बालेनलाई साथ दिएकी छन् । यस अघि चलचित्र ‘लाज शरणम’का लागि ¥याप गीत गाएका बालेनले यति बेला ‘झरीपछिको इन्द्रेणी’को लागि यो नयाँ गीत गाएका हुन् ।
यही ४ पौषबाट रिलिज हुने ‘झरी पछिको इन्द्रेणी’लाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । जसमा निर्देशक घिमिरे स्वयंको कथा, गणेश कार्की, विशाल घिमिरेले पटकथा संवाद रहेको छ । यो चलचित्रको छायांकार बुद्ध थापा हुन् भने यसमा अनिशा सेन्दाङ लिम्बु निर्माता तथा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माताको रूपमा छन् ।






