सप्तरी । बालयौन दुरुपयोग र जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार तीन जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बालयौन दरुपयोग मुद्दाका फरार आरोपी खडक नगरपालिका वडा नम्बर ८ भदिया घर भएका २८ वर्षीय राकेश चौधरी र सोही ठाउँका ३३ वर्षीय सूर्या चौधरी छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८१–०८२ सालको मुद्दा नम्बर ६१ मा दर्ता भएको बालयौन दुरुपयोग मुद्दामा वारदात पश्चात् उनीहरु फरार थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गाउँबाटै दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका सोही नगरपालिका वडा नम्बर ४ का मो. जमिललाई पनि पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सम्बन्धित समाचार
सप्तरीमा चुलेसी प्रहारबाट आमा छोरा घाइते
पालिकाहरुमा संगठन बिस्तार गर्दै राष्ट्रिय वैश्य महासंघ
दुई दशकदेखि फरार अभियुकत पर्सामा पक्राऊ
सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास
‘संघीय सरकारको विभेदले छायाँमा औद्योगिक क्षेत्र’
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
पठनशैली विकासका लागी पुस्तक प्रर्दशनी महत्वपुर्णः कावा मेयर परवीन
एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै






