काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हटौँडामा गरिएको परीक्षणमा बारा सिम्रौनगढ नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)






