चुनौतीमा मजदूर, ज्याला न सुरक्षा

सेल सेल सेल, ६ सयमा न्यायो सर्ट, ५ सयमा सिरकको खोल ।
भत्किएको जोखिमपूर्ण संरचनाको आडैमा उभिएर सविना चिच्याइरहेकी छिन् । उनको ’round उपभोक्ताको बाक्लो भीड छ । एसियन हाइवेको मापदण्ड अनुसार सडक विस्तार गर्ने योजनाको साथ सडक आसपासको संरचना भत्काइएपछि अहिले हेटौंडा बजार अस्तव्यस्त भएको छ । त्यहि भत्किएको संरचनाको आडैमा बसेर दिनभरी सामान बेच्छिन् हेटौंडाकी १९ सविना अधिकारी ।

दिनभरी सेलमा उभिएर कराउँदै व्यापार गरिदिएवापत साँझ उनलाई पसलधनीले ६०० रुपैयाँ दिन्छन् । स्नातक तहमा अध्ययनरत सविनालाई क्याम्पसको शुल्क तिर्नको लागि यो काम अनिवार्य छ । उनले पछिल्लो १५ दिनदेखि उनी यही काम गर्दै आएकी छिन् । यसअघि उनी हेटौंडाकै अर्को किराना पसलमा काम गर्थिन । जहाँ काम गरेको प्रतिदिन ७०० रुपैयाँ थियो । आफूले कामगर्दै आएको किराना पसल भत्किएसँगै उनको रोजगारी पनि सकियो । कामको खोजि गर्दै गर्दा उनले कपडा व्यापारीको पसलमा कराउँदै कपडा विक्री गर्ने जिम्मेवारी पाइन् । विहानको समयमा हुने क्याम्पसको २ वटा कक्षा छोडेरै उनी यो काममा आइपुग्छिन् । “९ बजे यहाँ आइसक्नुपर्छ, त्यसैले पछिल्लो २ वटा विषय पढ्न छोडेर आउँछु” उनले भनिन् “काम गरेको दिनमा मात्रै पैसा आउँछ, समयमै आउनै पर्छ, साँझअध्यारो हुँदासम्म यही काममा खट्छु ।”

दैनिक ६०० रुपैयाँको दरले पाउने ज्याला सविनालाई जस्तै सबैलाई समान भने छैन । उनीसँगै कामगर्ने ३८ वर्षिय कमल लामाको जिम्मेवारी पनि अहिले त्यही हो, तर उनले पाउने पैसा सविनाको भन्दा १२० रुपैयाँले बढी छ । अर्थात कमलले ७२० रुपैयाँ प्रतिदिन पाउँछन् । “काम त उहीहो, म पुरानो भएकोले मैले यति नै पाउँदै आएको छु” कमलले भने । कमलले विगत २ वर्षदेखि यहि कपडा पसलमा काम गर्दै आएका थिए । अहिले पसल भत्किएपछि उनीपनि सोही व्यापारीको खुला पसलमा चिच्याएर कपडा विक्रीको काम गर्छन ।

सविनाकै सहपाठी जेनिशा पनि व्यापारको काममा सक्रिय छिन् । व्याग पसलमा सेल व्यापारमा चिच्याएरै दिन बित्छ जेनिशाको पनि । जेनिशाले दैैनिक ६२५ रुपैयाँ पाउँछिन् । “घरमा बसेर आम्दानी हुदैन, सिक्ने अवसर पनि हो” जेनिशाले भनिन् “बराबरी पैसाको कुरा गर्यो भने पाएको कामपनि छुट्ला भन्ने डर छ ।” साहुले थाहा पाउने गरी उनीहरु यति जानकारी दिनपनि डराउँछन् ।

स्नातक पढ्दै गरेका उनीहरु आफ्नो व्यक्तिगत खर्चको लागि र शैक्षिक शुल्कको लागि अण्समान पारिश्रमिक भएपनि काम चुपचाप गर्न बाध्य छन् । दैनिक ज्यालादारी काम भएकोले बिरामी हुँदा काममा हाजिर छुट्छ । काममा नगएको दिन पैसा पाइदैन । काममा आउँदाको दिनको पीडा पनि धेरै छ । जेनिशा भन्छिन् “चिच्याउँदै पैदलयात्रीलाई आकर्षण गरेर सामान बेच्न सजिलो छैन, सामानको लागि तोकिएको मुल्य भन्नै परो, महङ्गो भयो भनेर सामान हेरेर जान्छन्, व्यापार भएन भने साँझ साहुँले अध्यारो अनुहार पार्दै पैसा दिन्छन् ।” व्यापारीको चित्तबुझ्ने गरी र उपभोक्तालाई मन पर्ने गरी व्यापारमा आफूले मध्यस्थता गर्नुपरेको उनीहरु बताउँछन् ।

सिर्फ दैनिक ज्यालादारीको रुपमा पाउने पारिश्रमिक पनि जिल्ला दररेट अनुसार छैन । दैनिक ज्यालादारीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको दर रेट प्रतिदिन दक्ष कामदारको लागि १ हजार २०० र अदक्ष कामदारको लागि ९०० रुपैयाँ छ । तर उनीहरुले पाउने पारिश्रमिक रोजगारदाताको विवेकमा निर्भर छ । प्रशासनले तोकेको न्युनतम पारिश्रमिक उनीहरुले पाउँदैनन् ।

साहुले जति मन लाग्यो उति दिन्छन्, अर्थात आपसी समझदारीमा पारिश्रमिक पाउँछन् उनीहरु । भत्केको संरचनामा अल्झिेका इट्ट र स्क्रयाबहरु कतिबेला माथिबाट खसेर आफ्नो टाउकोमा लाग्ला कि भन्ने डर पनि उत्तिकै छ । दिनभरी उभिएरै सामान बेच्नु पर्छ । उनीहरुलाई खाना र खाजाको व्यवस्थापनि छैन । कामगर्दा गर्दै हुने दुर्घटनाको बीमापनि छैन ।

“पुराना कर्मचारीलाई र नयाँलाई समान पारिश्रमिक दिन सकिँदैन”व्यापारीले आफ्नो र पसलको नाम नबताउने सर्तमा भने “अहिले त जत्ति पनि काम गर्ने मान्छे पाइन्छ, घटाघटमा मान्छे पाइने भएपछि सबैले आफ्नै हित हेर्नेहो ।”

यसरी पसलहरुमा आपसी सम्झौतामा काम गर्ने मजदुरहरुले पाउने पारिश्रमिक तोकिएको दररेट भन्दा धेरै न्यूनहुने गरेको ’bout कहिकतै उजुरी समेत हुने गरेको अभ्यास छैन । जसको जोखिम कामदार स्वयमले नै व्यहोर्नुपर्ने हुन्छ ।

पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक विभागले अतिक्रमण गरी बनाइएका संरचना भत्कापछि यस्तो जोखिम झनै बढेको छ । भत्काइएका घरहरूको अहिले घरधनीले व्यवस्थापनको काम गरिरहेका छन् । तर त्यहाँ काम गर्ने श्रमिकहरुलाई भने जोखिम देखिएको छ । सडक डिभिजन कार्यालय, स्थानीय सरकार र घरधनीको लापरवाहीका कारण पछिल्लो सातामात्रै ३ जनाश्रमिक एकै स्थानमा घाइते भए । मंसिर २४ र २६ गते भएका घटनामा दुई जनाश्रमिक घाइते भएकाथिए । कार्यस्थलमान्यूनतम सुरक्षा मापदण्ड नअपनाउँदाश्रमिकहरुको ज्यानजोखिममा परेको हो ।

हाल सडक विस्तारको क्रममा डोजर चलाएर अलपत्र छाडिएका संरचना पन्छाउने जिम्मा पाएका श्रमिकहरुले हेल्मेट र सेफ्टी बेल्ट नलगाइ काम गर्छन । सुरक्षा सामग्री विना नै जोखिमपूर्ण कामगर्न उनीहरु बाध्य छन् भने पछिल्लो समय हेटौंडाका सडक छेउका घरहरु भत्काउने र पन्छाउने कामको स्थानीयप्रशासन र हेटौंडा उपमहानगरपालिकाले समेत निगरानी गरेको देखिँदैन ।

जीर्ण र भत्किएका घर भत्काउँदा घाइते भएका पर्साका लारित यादव अहिले अस्पतालको शैयामा छटपटाइरहेका छन् । एक हजार १०० रुपैयाँ ज्यालापाउने उनले बिरामी पर्दा उपचार र बीमाको कुनै सुविधा पाएका छैनन् । मंसिर २६ गते बुद्धचोकमा असुरक्षित तवरले घरको भग्नावशेष पन्छाउने क्रममा छतसँगै खसेका उनको ढाडको हड्डी भाँचिएको छ । अहिले उनी सन्चो हस्पिटलको आईसीयूमा उपचाररत छन् । दैनिक ज्यालाको बाटो मात्रै बन्दभएन, अबका दिनमा यही शरिरले काम गर्न साथ दिन्छ कि दिदैन भन्ने पीडाले पनि पोलिरहेको छ । बुद्धचोकका घरधनी अनिल श्रेष्ठले मौखिक सम्झौतामा श्रमिक खटाए तर दुर्घटनापछि त्यस ’boutमा कुनै जिम्मेवारी लिएका छैनन् ।

हेटौंडा–१ मा घर भत्काउँदा सन्तोष भ्लोन, दिनेश चौधरी र अरुण चौधरी घाइते भए । गतमंसिर २४ गते बुद्धचोकमा १९ वर्षीय जितेन्द्र माझीदुई तला माथिबाट खसे । लगातार एकपछि अर्को दुर्घटना हुँदापनि सडक डिभिजन र स्थानीय प्रहरी प्रशासनले कार्यस्थलको सुरक्षा अनुगमनमा चासो देखाएको छैन । सडकमै यत्रतत्र छरिएका भत्किएका घरबाट निस्किएका रड र इँटाले बटुवालाई समेत जोखिममा पारेको छ ।

हालसम्म लोरितको उपचारमा करिब ४ लाख रुपैयाँउपचार खर्च भइसकेको छ । दैनिक ज्यालादारी गरेर जीविका चलाउने उनको परिवार उक्त खर्च उठाउन सक्ने अवस्थामा छैन । मजदुरको पारिश्रमिक, बीमा, सुरक्षालगायतको सवालमा सम्बन्धित पक्षहरु नै जिम्मेवार हुनुपर्ने प्रशासनको दाबि छ । “हामीले कामदारको दररेट तोकेका छौ, सुरक्षाको लागि अपिल गरेका छौ, जोखिममा व्यापार नगर्नको लागि सार्वजनिक रुपमै विज्ञप्ति प्रकाशन गरेका छौं, यति हुँदा पनि आपासी सम्झौतामा जोखिम मोल्नेलाई हामीले दुर्घटनपछि कानूनी कारवाही गर्नुको विकल्प छैन”प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने ।

समान काममा असमान पारिश्रमिकको विरुद्धमा भने मजदुर अधिकारकर्मीहरुले नियमित दबाब दिइरहँदा पनि सुनुवाइ नभएको मजदुर नेतृ बिमला तामाङ्ले बताइन् । “हामीले विभिन्न सभा सम्मेलनमा समान कामको समान ज्यालाको लागिमाग र दबाब दिंदै आएका छौ, तर सम्बन्धित तहबाट सुनुवाइ नै भएको छैन”उनले भनिन् । समान काममा असमान पारिश्रमिक पाउने मात्रै चुनौति हैन महिलालाई फिल्डको काममा झनै जोखिम छ भन्छिन तामाङ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता