करिब ३ सय ३० किलो गाँजासहित २ जना पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

मोरङ । जहदा गाउँपालिका–२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्रामसहित २ जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन– ५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीले पछिल्ला केहीदिन यता विभिन्न जिल्लामा ठूलो परिमाणमा लागू‍औषध बरामद गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता