धनगढी । कैलाली धनगढी उपमहानगरपालिकाले दलित छात्राहरू जुठे दमाई छात्रवृत्ति दिने भएको छ । उपमहानगरपालिकाले धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्राहरूलाई जुठे दमाई छात्रवृत्ति दिने भएको हो ।
उपमहानगरपालिकाले सो छात्रवृत्तिअन्र्तत आइतवारबाट दिन सुरुवात गरेको जनाएको छ । उपमहानरको वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२÷०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो ।
छात्रावृत्ति धनगढी–१६ मा रहेको शिव माध्यमिक विद्यालय अध्ययनरत दलित छात्राहरूलाई नगर प्रमुख गोपाल हमालले शैक्षिक सामाग्री वितरण गरेर सुरुवात गरे ।
जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने शिक्षा माहाशाखा प्रमुख घुम्मनसिंह बडायकले जानकारी दिए ।
जुठे दमाई छात्रवृत्तिअन्र्तगत उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।






