काठमाडौं । लेखक, आईक्यू प्रशिक्षक प्रेम बोहोरालाई राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)ले खस–आर्य समूहअन्तर्गत समानुपातिक बन्द सूचीअन्तर्गत उम्मेदवारका रूपमा अघि सारेको छ ।
कर्णाली प्रदेशको रुकुम जिल्लास्थित मुसिकोट नगरपालिका–१ निवासी बोहोरा कर्णालीका लागि एक आइकन व्यक्तित्वका रूपमा समेत परिचित छन् । उनी हाल पनि शिक्षा क्षेत्रमा सक्रिय रहँदै उल्लेखनीय योगदान दिँदै आएका छन् ।
समानुपातिक उम्मेदवारका रूपमा निर्वाचित भएमा आफूले शिक्षा क्षेत्रमा आमूल परिवर्तन, आर्थिक वृद्धि मार्फत बेरोजगारी अन्त्य, तथा देशमै रोजगारी सिर्जना हुने वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्ने बताएका छन्। देशको परिवर्तित राजनीतिक परिवेश, जनताको बदलिँदो आवश्यकता र चाहनाअनुसार व्यवस्थापिकामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ ।
उनका प्रमुख एजेन्डामा आर्थिक वृद्धि, बेरोजगारी अन्त्य, शैक्षिक क्षेत्रको सुधार, कक्षा १ देखि नै पाठ्यक्रम परिमार्जन, तथा भौतिक पूर्वाधार विकासमा छिमेकी मुलुकको स्तरसम्म पुग्ने योजना समावेश छन् ।
शैक्षिक पृष्ठभूमिका हिसाबले बोहोरा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल, गणित र राजनीतिशास्त्र विषयमा स्नातकोत्तरको उपाधि हासिल गरेका छन् । आईक्यू प्रशिक्षकका रूपमा लामो अनुभव बोकेका उनी सीप, प्रविधि र व्यवस्थापनको संयोजनमार्फत देशलाई अगाडि बढाउन सकिने धारणा राख्छन् ।
आफुलाई समानुपातिक उम्मेद्वारमा सहयोगको लागि उनले अपिल गरेका छन् ।






