काठमाडौं । उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहसँग छलफलमा छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने समय घर्किँदै गर्दा कुलमानलाई फकाउन रवि र बालेनले अन्तिम प्रयास गरेका हुन् ।
उता कुलमान वार्तामा हुँदा यता उज्यालो नेपालका नेताहरू भने निर्वाचन आयोगमा पुगेका छन् । बन्दसूची पेस गर्ने आज अन्तिम दिन भएकाले त्यसको निस्सा लिन उनीहरू निर्वाचन आयोग पुगेका हुन्।
निस्सा लिइसकेपछि अबेरसम्म गरेर भए पनि सूची बुझाउन पाइन्छ।
तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)






