काठमाडौं । युवा व्यवसायी रञ्जु गुरुङले सुरु गरेको ललितपुरको कोपुण्डोल–९ (सानेपा रोड) मा कोपुण्डोल थकाली किचेन सञ्चालनमा आएको छ । स्थानीय तथा परम्परागत नेपाली स्वादलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त किचेनमा विशेषगरी स्वास्थ्यवर्धक र मौलिक परिकारहरू उपलब्ध गराइने बताइएको छ ।
कोपुण्डोल थकाली किचेनमा थकाली खाना सेट, कर्णाली मार्सी थाली, कोदो तथा फापरको ढिँडो, कोदो (फापरको), जुम्ली सिमी, कन्चेम्बा लगायतका परिकारहरू तयार गरिने रञ्जु गुरुङले जानकारी दिइन् । उनी भन्छन्, “स्वास्थ्य, स्वाद र संस्कृतिको संरक्षणका लागि आयातीत फास्टफुडभन्दा नेपाली अझ रैथाने परिकारलाई प्राथमिकतामा राखौँ ।”
व्यवसायी गुरुङका अनुसार परम्परागत नेपाली खानालाई आधुनिक सहरिया परिवेशमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नु किचेनको मुख्य उद्देश्य हो। स्वास्थ्य र स्वाद दुवैलाई ध्यानमा राखेर परिकार तयार गरिने उनले बताइन् ।
स्थानीय उत्पादन र मौलिक स्वाद मन पराउने सम्पूर्ण खानाप्रेमीहरूलाई कोपुण्डोल थकाली किचेनमा आएर परिकारको स्वाद लिन गुरुङले निम्तो गरिन् ।









