सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा आज बिहान भएको जिप दुर्घटनामा १२ यात्रु घाइते भएका छन् ।
हलकण्डरा डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नंको यात्रुबाहक मुस्ताङ जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चार जना यी बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ ।
अन्य केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता
घुसबापत लिएको ५ लाख रुपैयाँसहित कर अधिकृत युवराज पाल पक्राउ
बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते
सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान
एमाले नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख






