काठमाडौंको टोखाबाट कालिकोटका बिष्ट पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, गोंगबु मंगलटोलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीका प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उक्त स्थानको एक घरमा डेरा गरी बस्ने कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–२ घर भई हाल गोंगबु बसोबास गर्दै आएका २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएका विष्टको कोठा खानतलासी गर्दा खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ ४५.१८ ग्राम, विभिन्न कम्पनीका मोबाइल फोन ७ थान, नेपाली नगद ३५ हजार रुपैयाँ तथा डिजिटल तराजु १ थान फेला परेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ४ (चार) दिनको म्याद थप लिई विष्टमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी गरौ फोहोरमैलाको दिगो व्यवस्थापन