दाङमा ६५ लाखसहित पक्राउ परेका व्यक्ति यसअघि डाँकाचोरीमा संलग्न

तुलसीपुर । दाङको तुलसीपुरमा ६५ लाखसहित पक्राउ परेका युवक यसअघि डाँकाचोरी र जबरजस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिसकेको व्यक्ती रहेको पाइएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी २४ वर्षका दुर्गा केसी बिहान ९ बजे ६५ लाख १७ हजार १ सय ४० रुपैयाँ नगद सहित घरबाटै पक्राउ परेपछि उनको विगतको पृष्टभूमि पनि आपराधिक भएको तथ्य पुष्टि भएको हो ।

काठमाडौं महानगरपालिका–४ स्थित इट्रोम नेटवर्क प्रालि (फाइबर कम्पनी) बाट केसीले आइतबार पैसा चोरेर भागेको खबर पाएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । पक्राउ परेका केसीले काठमाण्डौमा केहि समयदेखी पलम्बिङको काम गर्दै आइरहेका थिए । २०८० साउन ४ गते पक्रउ परेका केसीविरुद्ध डाँका चोरी तथा करणी उद्योगमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी होमबहादुर पराजुलीको कमाण्डमा खटेको प्रहरी टोलीले घरमा छापा हानेको थियो । प्रहरीले उनलाई व्यसायिक रुपमा आपराधिक गतिविधि गर्दै आइरहेको बताएको छ ।

केसीले जेब्राको झोलाभित्र कालो ब्यागमा पैसा राखेर बस मार्फत काठमाडौंबाट दाङको तुलसीपुरमा पैसा ल्याएको प्रहरीले बताएको छ । पक्राउ परेका केसीलाई प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा जिल्ला अदालतद्वारा ९१.२१ प्रतिशत मुद्दा फछ्र्याैट