राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई बारम्बार धम्की दिएको आरोपमा प्रहरीले राजकुमार तिमल्सिनालाई पक्राउ गरेको छ । उनलाई पोखराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

सिधाकुरा डटकमलाई फेक अडियो उपलब्ध गराएको आरोपमा यसअघि तिमल्सिनालाई अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । सो अडियोका कारण ‘डार्क फाइल’ कार्यक्रम विवादमा परेको थियो । तिमल्सिना जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा कारागार कार्यालय डिल्लीबजारबाट भागेका थिए । उनी फरार कैदी हुन् ।

पछिल्लो समय उनले सर्वोच्चका न्यायाधीशलाई बारम्बार धम्क्याएको आरोप छ । उनलाई पोखराबाट काठमाडौँ ल्याइँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती