सङ्खुवासभामा ५ दिने सेकाहा महोत्सव सम्पन्न

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा ५ दिने ‘ऐतिहासिक सेकाहा महोत्सव समापन भएको छ । खाँदबारी –४ स्थित पर्यटकीय गाउँ सेकाहामा सञ्चालन भएको ‘ऐतिहासिक सेकाहा महोत्सव –२०८२ सम्पन्न भएको हो । शुक्रबारबाट स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ सुरु भएको ५ दिने महोत्सव सम्पन्न भएको हो ।

ऐतिहासिक सेकाहा महोत्सवको समापन कार्यक्रममा बोल्नु हुँदै कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पर्यटन प्रवद्धनका लागि प्रदेश सरकारले दिनुपर्ने सहुलियत दिन सधै तयार भएको बताउनुभयो ।

ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्न सामाजिक विकास मन्त्री राईले बताउनुभयो । त्यस्तैगरी आदिबासीको भाषा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले साथ सहयोग गर्न मन्त्री राईले बताउनुभयो ।

सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा सुरु भएको महोत्सवमा सांगीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवद्र्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो ।

सेकाहामा गुरुङ समुदायको बाक्लो बस्ती छ । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने, परम्परागत नृत्य तथा खेलकुद कार्यक्रम पनि भएको छ । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसारको अवसर पारेर आयोजना गरिएको यो महोत्सवले पाँच दिनसम्म सेकाहामा विभिन्न कार्यक्रम गरिएको थियो ।

महोत्सवले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पु¥याउने आयोजक समितिका अध्यक्ष मनिराज गुरुङले बताउनुभयो । महोत्सवमा भोजपुर, सङ्खुवासभाका २० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता