दैलेख क्षेत्र नं. २ मा एमालेको आन्तरिक निर्वाचन, रिजाल अग्रस्थानमा

दैकाठमाडौं । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार छनोटका लागि नेकपा (एमाले) ले शनिबार आन्तरिक निर्वाचन सम्पन्न गरेको छ। उक्त निर्वाचनबाट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

उम्मेदवारका आकांक्षी धेरै भएपछि सिफारिस प्रक्रियामा कठिनाइ देखिएपछि एमालेले लोकतान्त्रिक विधिबाट निर्वाचन गरेको हो। उक्त क्षेत्रबाट कर्णाली प्रदेशका पूर्वसभामुख राजबहादुर शाही, पूर्वसांसद राजबहादुर बुढा, लक्ष्मीप्रसाद पोखरेल र विष्णु रिजाल उम्मेदवारका आकांक्षी थिए।

मत परिणामअनुसार विष्णु रिजालले ६७ मत प्राप्त गर्दै अग्रस्थानमा रहे भने लक्ष्मीप्रसाद पोखरेलले ६६ मत र राजबहादुर शाहीले ६१ मत प्राप्त गरे। पूर्वसांसद राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन्।

एमाले निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक कुमारविक्रम शाहीका अनुसार कुल १२७ मतदाता रहेकोमा १२३ मत खसेको थियो। निर्वाचनमार्फत उम्मेदवार सिफारिस गरिएको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

एक अर्ब ३४ करोड रुपैयाँको हुन्डी कारोबार गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ