काठमाडौं । अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार रुपैयाँबराबरको अवैध हुन्डी कारोबार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले विभिन्न समयमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबारमा संलग्न भएको सूचनाका आधारमा मुखियालाई पक्राउ गरिएको जानकारी दिए ।
सो सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैँक खाताको प्रयोग गरी हालसम्म सो रकमबराबरको अवैध हुन्डी कारोबार गरेको खुलेको ब्यूरोले जनाएको छ । धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको प्रवक्ता जबराले बताए ।
पक्राउ परेका मुखियामाथि ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । सो घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए ।
सम्बन्धित समाचार
युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ
क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
सामुदायिक प्रहरीसमेत विपद् व्यवस्थापनमा परिचालन
एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ
स्टेयरिङमै लागुऔषध, ४ चालक पक्राउ
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै झण्डै १० लाख रुपैयाँ असुल्ने युवक समातिए





