पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको समारोहमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु रास्वपा प्रवेश गरे ।
संघदेखि प्रदेशको मन्त्रीसमेत भइसकेका काँग्रेस नेता कुमार खड्का पार्टी प्रवेश गरेसँगै रास्वपाको चुनाव चिन्ह घण्टी बजाएका थिए ।
विगतमा अखण्ड नेपाल हुँदै खड्का पछिल्लो समय काँग्रेस प्रवेश गरेका थिए । गत २०७९ सालको चुनावमा आफ्नै पार्टी काँग्रेस उम्मेदवार हराउन भूमिका खुलेको आरोपमा काँग्रेसले निष्कासन समेत गरेको थियो । बिन्दुकुमार थापालाई प्रदेशसभा सदस्यको टिकट दिइएपछि बिच्किएका उनी थापालाई हराउन भूमिका खेलेको आरोपमा काँग्रेसले केही महिनाअघि निष्कासनको कारबाही गरेको थियो ।
उनी अखण्ड नेपाल पार्टीमा रहँदा संघमा महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी पाएका थिए । यस्तै, गण्डकी प्रदेशसभामा उनी भौतिक, पूर्वाधार मन्त्री बनेका थिए ।
यसैगरी, रास्वपा प्रवेश गर्नेमा पर्यटन व्यवसायी समेत रहेका एमाले नेता पुष्प अधिकारी हुन् । उनी कास्कीको रुपाकोटस्थित चल्तीको रुपाकोट रिसोर्टका संचालक हुन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालकी अध्यक्ष मिलन थापा पनि काँग्रेस छाडेर रास्वपा गएकी छन् । उनी गण्डकी सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाकै बुहारी हुन् । मिलनका पति अटो व्यवसायी ध्रुव थापा हुन् । जेनजी आन्दोलनका क्रममा विन्दु र ध्रुवको निवास तथा व्यवसायमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
पार्टी प्रवेश गर्नेहरुलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले प्रवक्ता मनीष झालगायतले घण्टी चिन्ह भएको ब्याच लगाएर स्वागत गरेका थिए ।
सो कार्यक्रमअघि पोखरामा ¥याली प्रदर्शन गरिएको थियो ।
सम्बन्धित समाचार
बालेन परिवर्तनको झिल्को ल्याएको मान्छे हुन् : रवि लामिछाने
सुशीला सरकार हटाउने गृहकार्य
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
२१ फागुनको निर्वाचन अनिश्चित !
गृहमन्त्री अर्याल सुर्खेतमा
बयान लिनुपर्ने जेनजी हत्यारालाई सरकारले नै रातो कार्पेट ओछ्यायो : प्रभु साह
चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाइयोस्ः मुख्यमन्त्री कँडेल






