मकवानपुर । आइतबार साँझ मकवानपुरको भीमफेदी जुरिखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेमध्ये केहीको सनाखत भएको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको थियो । ४ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो । बाँकी ३ जना चितवनको पुरानो मेडिकल कलेजमा उपचार हुँदैछ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरूमा
१. देश भारत बिहार राज्य पटना बस्ने बर्ष अं.४२ को रजनिस कुमार टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.४ कमलडाँडा बस्ने बर्ष अं.४० की सबिता लम्साल टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
३. मकवानपुर हेटौडा उ.म.न.पा.२ कान्तिराजपथ बस्ने बर्ष अं.२९ को निखिल अग्रवाल टाउको र शरिरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।
४. देश भारत बिहार राज्य बेगुसराई बस्ने बर्ष ४९/५० को अरबिन्द कुमार टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।
५. तत्काल नाम थर वतन नखुलेको बर्ष ३५/३६ को पुरुष व्यक्ति टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
६. तत्काल नाम थर वतन नखुलेको अम्दाजी बर्ष ४० को पुरुष व्यक्ति टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर भएको :
१. सुमो चालक मकवानपुर हेटौडा उ.म.न.पा.४ कर्रा चोक बस्ने बर्ष अं.४०/४५ को गणेश थापा शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भिर,
२. मकवानपुर हेटौडा उ.म.न.पा.४ कमलडाँडा बस्ने सबिता लम्सालको छोरा बर्ष अं.१२ को अभ्यास लम्साल टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भिर, उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर भएको ।
३. रौतहट चन्द्रपुर न.पा.२ बस्ने बर्ष अं.२१ कि रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
पुस २० गते काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ज १७७८ नं.को सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको थियो






