विद्यार्थीलाई व्यवहारिक सीपसँग जोड्न फुड फेस्टिबल

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१ स्थित महेन्द्र माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने छात्रा सम्पदा पाण्डे शुक्रबार दिनभर विद्यालयमा पुरी र अचार बनाउने कार्यमा व्यस्त भइन् । बनाएका पुरी र अचार विद्यालयमै बिक्री भए । उक्त खानेकुरा बनाउनको लागि साथिहरुले बजारबाट आवश्यक पिठो, प्याज, आलु लगायतका सामग्री किने । त्यसरी विद्यालयमै परिकार बनाएर बिक्री गर्नको लागि उनीहरुले एक सय ५० रुपैँया उठाएका थिए । ‘पुरीलाई २० र अचारलाई १० रुपैँयामा बिक्री ग¥यौं ।’ पाण्डेले भनिन्, ‘व्यापारको ’boutमा धेरै कुरा सिक्ने अवसर भएको छ ।’

कक्षा १० मा पढ्ने अर्की विद्यार्थी शहारा थापाले पनि मम र पुुरीको व्यापार गरिन् । साथिहरुले नै पैसा उठाएर सामान किने । साथिहरुले नै परिकार बनाए र साथिहरुले नै बिक्री गरे । विद्यालयमा आएका अभिभावक, विद्यार्थी, शिक्षक एवं विभिन्न अतिथिहरुले उनीहरुले बनाएको परिकार खरिद गरी सेवन गरे । ‘साथिहरुले नै पैसा उठायौँ, नाफा÷घाटा हामी आफै व्यहोर्छौ ।’ उनले भनिन्, ‘हिसाब पनि आफैले राखेका छौँ ।’ उनले आफुहरुको कार्यमा शिक्षक एवं विद्यालय परिवारले पूर्णरुपमा सहयोग गरेको बताइन् ।

पाण्डे र थापा त विद्यालयमा परिकार बनाउने र बिक्री गर्ने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै विद्यालयका धेरै विद्यार्थीहरुले शुक्रबार विद्यालयमै विभिन्न परिकार बनाएर बिक्री गरेका छन् । फुड फेस्टिबलमा पकौडा, सेल, मम, चाउमिन, रसवरी, पुरी, रोटी, अचार लगायतका परिकार बनाइएको थियो । त्यसरी पकाइएका परिकारलाई विभिन्न ४७ वटा स्टलबाट विद्यार्थीहरुले नै बिक्री गरेका थिए । कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई विभिन्न समुहमा विभाजन गरेर फेस्टिबल गरिएको थियो ।

महेन्द्र माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रमअन्तरगत विद्यालयमा फुड फेस्टिबल अर्थात खाद्य महोत्सवको आयोजना गरेको छ । विद्यार्थीहरुलाई नेपाली खानाका प्रकारहरु, बनाउने तरिका, बजारमा परिकार बिक्री गर्ने तरिका, मूल्य निर्धारण लगायतका बिषयमा ज्ञान दिने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।

प्रधानाध्यापक कृष्ण प्रसाद मरासिनीले विद्यार्थीहरुले स्वतःस्फूर्तरुपमा उनीहरुमा रहेको प्रतिभा एवं सीपलाई उजागर गर्ने उदेश्यले फुड फेस्टिबलको आयोजना गरेको बताए । विद्यार्थी सामाजिकीकरण हुने, मार्केटिङ्ग सीपको विकास हुने, उनीहरुमा रहेको सीपलाई उजार गर्ने तथा व्यवहारिक शिक्षाको विकास गराउनको लागि फेस्टिबलको आयोजना गरेको मरासिनीको भनाई छ । फुड फेस्टिबल अवलोकन गर्न पुगेका अभिभावक गणेश श्रीपालीले हाम्रो शिक्षाले दैनिक जिवनका काम गर्न अलग गराएका बेला विद्यालयले विद्यार्थीलाई कामसँग जोडेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

बलात्कार आरोपमा सेकुवा सेन्टर सञ्चालक पक्राउ