जुरिखेतमा सुमो दुर्घटना ६ जनाको ज्यान गयो

मकवानपुर । मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–६ जुरीखेत सडक खण्डमा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनाबाट ४ जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । अर्को २ जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो । अन्य ३ जनाको हेटौंडा अस्पतालमा उपचार हुंदैछ ।

स्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो साँझ दुर्घटना भएको थियो । आइतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमोमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका थिए । मृतक तथा घाईतेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसी आयोगसहित अन्य आयोगसँग गृहमन्त्रीको छलफल