काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन् । उनीहरू बिहान पनि त्यही पुगेर ओलीसँग भेटेका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिँदा लेखकले आज साँझ ओलीसँग पुनः भेटवार्ता हुने बताएका थिए। माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ८ सिट दाबी गरेको कार्यवाहक सभापति खड्काले बैठकमा ब्रिफिङ गरेका थिए ।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेकपाका दोस्रो तहका नेताबिच छलफल भइरहेको छ।
कांग्रेसले आज राष्ट्रिय सभाको उम्मेदवार तय गर्न कार्य सम्पादन समिति बैठक बोलाएको थिए ।बैठकमा अन्य दलसँग तालमेल प्रयास भइरहेको भन्दै भोलि बिहान ११ बजेसम्म सारिएको थियो । तालमेलका लागि कांग्रेस एमाले नेकपा र मधेसवादी दलबिच प्रयास भइरहेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए ।






