कांग्रेस–एमाले चुनावी गठबन्धन तयारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलकाबीच नै गठबन्धन भएपछि त्यसलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गठबन्धन’bout दलबीच गृहकार्य थालिएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन बनाएर चुनावमा सहभागी हुने’bout प्रमुख दलबीच छलफल सुरु भएको हो ।

तीन विकल्पमा छलफल गर्दै देउवा–ओली

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच चुनावी गठबन्धन’bout छलफल भइरहेको छ । जेनजी आन्दोलनपछि नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलबीच पनि चुनावी गठबन्धन गर्ने’bout छलफल सुरु भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

यस गठबन्धनमा जनता समाजवादी पार्टी पनि सहभागी छ । राष्ट्रिय सभा निर्वाचनका लागि सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहितको गठबन्धन भएको थियो । तर प्रचण्ड नयाँ दिल्लीबाट फर्किएसँगै त्यो गठबन्धनबाट नेकपा बाहिरियो । सिट बाँडफाँटमा सहमति नभएपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस र एमाले पनि नजिकिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग गठबन्धन नगर्न पार्टीभित्रैबाट महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताले दबाब दिँदै आएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गर्दै आएका देउवा गठबन्धन गर्न सहमत भएका हुन् । देउवा र ओलीबिच प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन’bout छलफल भइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन भइसक्यो । यो चुनावी गठबन्धन प्रतिनिधिसभा निर्वाचनका लागि पनि हुनसक्छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यस’bout निरन्तर छलफल भइरहेको छ । ‘जहाँ कांग्रेस र एमाले उम्मेदवारलाई अरु पार्टीले जित्ने सम्भावना छ, त्यहाँ अनिवार्य गठबन्धन हुन्छ । जुन सिटमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने र कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने निश्चित छ त्यहाँ गठबन्धन नहुन सक्छ,’ स्रोत भन्छ ।

देउवा र ओलीबिच भक्तपुर–१ बाहेक सबै क्षेत्रमा गठबन्धन गर्ने’bout छलफल भइरहेको छ । १ सय ६४ सिटमा कांग्रेस र एमालेले ८२÷८२ सिट लिनेगरी छलफल भइरहेको छ । त्यस्तै, जुन सिटमा कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने निश्चित छ । त्यहाँ मित्रवत प्रतिस्पर्धा गर्ने र बाँकीमा आधा–आधा सिट भागबण्डा गर्ने दोस्रो विकल्प’boutसमेत छलफल भइरहेको छ । यसैगरी, तेस्रो विकल्पका रूपमा २०७९ को निर्वाचनमा आफूहरू दुई वटामध्ये जुन पार्टीले जितेको हो ।

त्यो निर्वाचन क्षेत्रमा त्यही पार्टीलाई सघाएर बाँकी रहेका सिटमा पनि मत प्रतिप्रतिशतका आधारमा भागबण्डा गर्ने प्रस्तावमा समेत देउवा र ओलीबीच छलफल भएको छ । यी प्रस्तावसहित १ सय ६५ वटै निर्वाचन क्षेत्र’bout गहन अध्ययन गर्न दुबै पार्टीका नेता जुटेका छन् । देउवा र ओलीबीचमा भएको छलफलमा सय सिटमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेको र बाँकी सिटमा नेकपा, रास्वपा, राप्रपा, जसपा, आजपा, जनमतसहितका दलसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

सहरी क्षेत्र (काठमाडौं उपत्यका)मा रास्वपासँग प्रतिस्पर्धा हुनसक्ने देउवा र ओलीको अनुमान छ । सुदूरपश्चिमसहित कर्णालीमा नेकपासँग र मधेशमा जसपा, आजपा, जनमत तथा पूर्वमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता
मुलुकमा चुनावी चहलपहल बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष ओलीबीच बिहीबार तीन घण्टा भन्दाबढी भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्की र ओलीबीच पहिलोपटक ‘वान टु वान’ भेटवार्ता भएको हो । जेनजी आन्दोलनपछि सत्ता गुमाएका ओलीले कार्की नेतृत्वको सरकारलाई अवैध एवं असंवैधानिक भन्दै आएका छन् ।

साथै, उनी प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै अदालतसमेत पुगेका छन् । सरकार अवैध भएको आक्रोश पोख्दै आएका ओलीले यसबीच कार्कीसँग सामूहिक रूपमा समेत भेटघाट गरेका छन् । यसअघि ओलीले दुई पटक कार्कीसँग भेटघाट गरिसकेका छन् । बुधबार नै ओलीले एक सार्वजनिक कार्यक्रममा सरकारले चुनाव गराउने वातावरण नबनाएको भन्दै आलोचना गरेका थिए ।

सरकारको आलोचना गरेको एक दिन बित्न नपाउदै कार्की र ओलीबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । यसअघिको भेटवार्तामा ओलीले नेताहरूलाई स्थानहद तोकेर निर्वाचन सम्भव नभएको टिप्पणी गर्दै आएका थिए । हालै आयोगले ओलीसँग बयान लिएपछि स्थानहद समेत फुकुवा गरिसकेको छ । त्यसपछि कार्की र ओलीबीच सौहार्दपूर्ण भेटघाट भएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्की र ओलीका बीचमा आगामी चुनाव केन्द्रित छलफल भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

epaper

ताजा समाचार

धमाधाम चुनावी प्रतिवद्धतापत्र सार्वजनिक