झन्डै एक वर्ष मैदानबाहिर साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण ९ देखि १२ महिनासम्म मैदानबाहिर रहने भएकी छन् ।

चोटका कारण कप्तान भण्डारीको अनुपस्थितिले नेपाली महिला फुटबलमा ठूलो चुनौती थपिएको छ । यसबीच युवा प्रतिभा र रणनीतिक रूपान्तरणका उपाय अबलम्बन गर्नुपर्ने देखिएको छ । टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नयाँ नेतृत्व, नयाँ खेल शैली, युवा खेलाडीसँग अघि बढ्ने योजना बनाउनुपर्ने तड्कारो आवश्यक छ । उचित प्रशिक्षण, मनोबल र तालिमले टिमलाई अझ बलियो बनाउने अपेक्षा छ ।

अस्ट्रेलियामा वेलिङ्टन फिनिक्स क्लबको प्रतिनिधित्व गर्दै खेलिरहेको बेला ‘राउन्ड–११’अन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको प्रतिस्पर्धाक्रममा भण्डारीको दाहिने घुँडामा जटिल चोट (एंकल) लागेको हो । खेलक्रममा रोअरकी गोलकिपर क्लोई लिंकनसँग ठोक्कि“दा भण्डारी गम्भीर घाइते भएकी थिइन् । उनको दाहिने घुँडाको ‘एंकल’ पुनः चोटग्रस्त भएको छ ।

जारी सिजनमा उनले खेल्नसक्ने सम्भावना लगभग नरहेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार चोट उपचार र पुनप्र्रशिक्षणका लागि भण्डारीलाई लामो समयको विश्राम आवश्यक पर्नेछ । यसप्रकारको चोटबाट पूरा रूपमा फर्किन करिब ९ देखि १२ महिना लाग्ने जनाइएको छ । यही कारण भण्डारीले आगामी सिजनका अधिकांश खेल गुमाउने निश्चितप्रायः छ ।

विशेषज्ञका अनुसार यस्तो गम्भीर चोटपछि सामान्य अवस्थामा फर्किन समय लिने भएकाले सावित्राले राष्ट्रिय र क्लब दुवैस्तरमा लामो समय मैदानमा आउन नसक्ने सम्भावना छ । ‘साम्बा’का रूपमा प्रसिद्ध भण्डारी नेपालको सबैभन्दा प्रभावशाली महिला फुटबल खेलाडीमध्ये एक हुन् । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान उनी वेलिङ्टन फिनिक्स (अष्ट्रेलेशिया ‘ए’ लिग) क्लबबाट खेल्दै आएकी छन् । राष्ट्रिय टोलीका लागि उनले धेरै वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् ।

अस्ट्रेलियामा वेलिङ्टन फिनिक्स क्लबको प्रतिनिधित्व गर्दै खेलिरहेको बेला ‘राउन्ड–११’अन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको प्रतिस्पर्धाक्रममा भण्डारीको दाहिने घुँडामा जटिल चोट (एंकल) लागेको थियो । खेलक्रममा रोअरकी गोलकिपर क्लोई लिंकनसँग ठोक्किँदा भण्डारी गम्भीर घाइते भएकी थिइन् । उनको दाहिने घुँडाको ‘एंकल’ पुनः चोटग्रस्त भएको हो ।

विदेशका क्लबबाट समेत उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाली फुटबलमा उनी प्रसिद्ध छिन् । उनको अनुपस्थितिले नेपाली राष्ट्रिय टोलीमा ठूलो असर पर्ने देखिएको छ । अब उनको अनुपस्थितिमा राष्ट्रिय टोलीले नयाँ कप्तान र स्ट्राइकरका रूपमा विकल्प खोज्नुपर्ने भएको छ । टोली व्यवस्थापनले पनि यसका लागि रणनीति परिमार्जन गर्नुपर्ने देखिएको छ । विशेषगरी आगामी प्रतियोगिता र क्वालिफायर प्रतिस्पर्धा साम्बाको स्थान लिनसक्ने महिला खेलाडीको अभाव खट्किएको छ ।

‘एमआरआई स्क्यान’पछि पुष्टि भएको गम्भीर चोटले नेपाली महिला फुटबलमा ठुलो असर पर्ने सम्भावना छ । भण्डारी राष्ट्रिय टोली प्रमुख गोलकर्ता, प्रेरक शक्ति र कप्तान हुन् । उनको अनुपस्थितिमा अन्य अनुभवी खेलाडीसँगै युवा खेलाडीलाई अवसर र भूमिका विस्तार गर्नुपर्नेछ । प्रशिक्षक नवीन न्यौपानेका अनुसार सावित्रा नहुनु ठूलो क्षति हो । ‘यसलाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबिना खेल्नुजस्तै हो,’ उनले भने, ‘साम्बाको अनुपस्थितिको मनोवैज्ञानिक तथा रणनीतिक प्रभाव गहिरो गर्ने देखिएको छ ।’

यसअघि, नेपाल महिला राष्ट्रिय टोली ‘इन्डोनेसिया त्रिदेशीय फुटबल टिम’सहित प्रतियोगितामा भाग लिन गएको थियो । तर साम्बा र साविता राना मगर दुबै चोटका कारण त्यसमा सहभागी हुन सकेनन् । त्यसबेला कप्तानको जिम्मेवारी अनुभवी खेलाडी एन्जेला सुब्बा तुम्बापोले सम्हालेकी थिइन् ।

अघिल्ला र आगामी खेल
नेपालले सन् २०२५ मा ‘एएफसी महिला एसियन कप क्वालिफाइर’अन्तर्गत दुई ‘विनिङ’ प्रदर्शन गरिसकेको छ । सो खेलमा साम्बाले महŒवपूर्ण गोल गरेकी थिइन्, तर सो टोली अहिले उनको अनुपस्थितिमा पुनः संयोजन प्रक्रियामा पुगेको छ । अहिले टिमको स्थायी रूपमा कोच नियुक्ति प्रक्रिया अघि बढिरहेको छ । यो फुटबलको दीर्घकालीन विकास र सन् २०३१ ‘महिला विश्व कप’का लागि तयारी हो । यसअन्तर्गत विदेशी प्रशिक्षक ल्याउने विकल्प’bout समेत छलफल जारी छ । जसबाट नयाँ योजना र खेलशैली लागू गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

साम्बाको अनुपस्थितिपछि कप्तानी जिम्मेवारी अन्य वरिष्ठ खेलाडीले सम्हाल्दै टिमलाई एकीकृत र प्रेरित राख्ने अपेक्षा गरिएको छ । गोलकर्ता, मिडफिल्ड र स्ट्राइकिङ लाइनमा नयाँ खेलाडी परीक्षण र अवसर दिइँदै छ । अखिल नेपाल फुटबल संघ (एएनएफए)द्वारा विदेशी कोच भर्ना गर्ने प्रक्रिया जारी रहेकोले भविष्यमा राष्ट्रिय टोलीलाई प्राविधिक रूपमा सुदृढ पार्ने प्रयास जारी रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार