काँग्रेस विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता सुरु

काठमाडौँ । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ । भृकुटीमण्डप केही बेर अगाडि मात्रै नाम दर्ता सुरु गर्ने तयारी भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ ।

नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

बिहान ८ बजेबाटै प्रतिनिधि दर्ता गर्ने कार्यतालिका रहे पनि प्राविधिक तयारीका कारण केही समय ढिला गरी प्रक्रिया सुरु भएको थियो । महाधिवेशन स्थलको मूल प्रवेशद्वारसँगै राखिएका स्टलहरूबाट प्रतिनिधिहरूले उत्साहका साथ नाम दर्ता गराइरहेका छन् । प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तय भएको छ । उद्घाटन सत्र अघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट र्‍याली तथा जुलुस निकालेर भृकुटीमण्डपमा मिसिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार