लस एन्जलस । ‘बाफ्टा अवार्ड’को पहिलो मनोनयन सूची हालै जारी गरिएको थियो । अन्तिम सूची अझै बाँकी छ । यद्यपि, लियोनार्डो डिक्याप्रियोको चलचित्र ‘वन ब्याटल आफ्टर अदर’ पहिलो सूचीमा चम्किरहेको छ । चलचित्रले ‘बाफ्टा अवार्ड’मा लगभग १६ मनोनयन प्राप्त गरेको छ । यसले ‘वन ब्याटल आफ्टर अदर’ अवार्ड विजेता बन्ने बाटोमा छ ।
‘वन ब्याटल आफ्टर अदर’ले पहिलो चरणपछि १६ विधामा मनोनयन प्राप्त गरेको छ । यो ‘बाफ्टा अवार्ड’को लामो सूचीमा अग्रता लिएको लियोनार्डो डिक्याप्रियोको चलचित्रमा अमेरिकामा बढ्दो अतिवाद र ध्रुवीकरणमा आधारित छ । यो राजनीतिक व्यंग्य चलचित्र पनि हो । यसमा लियोनार्डोको चरित्र शक्तिशाली देखाइएको छ ।
‘वन ब्याटल आफ्टर अनदर’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट रूपान्तरित पटकथाका लागि मनोनयन प्राप्त गरेको छ । चलचित्रका मुख्य कलाकार डिक्याप्रियो, चेस इन्फिनिटी, तेयाना टेलर, बेनिसियो डेल टोरो र शन पेनले पनि ‘उत्कृष्ट प्रदर्शन’को सूचीमा परेका छन् ।
बाफ्टाको पहिलो मनोनयन सूचीमा क्लोए झाओको ‘ह्यामनेट’ र रायन कुगलरको ‘सिनर्स’ पनि समावेश छन् । जसले १४–१४ मनोनयन प्राप्त गरेका छन् । दुबै चलचित्रले उत्कृष्ट निर्देशक, उत्कृष्ट चलचित्र र उत्कृष्ट प्रदर्शनका लागि मनोनयन प्राप्त गर े। जोश सफ्दीको ‘मार्टी सुप्रीम’ले १३ मनोनयन, ‘बुगोनिया’ र ’फ्रान्केन्स्टाइन’ले १२ मनोनयन प्राप्त गरे ।
यसैबीच, ‘सेन्टिमेन्टल भ्यालु’ र ‘विक्डः फर गुड’ ले ८–८ मनोनयन प्राप्त गरेका छन् । ‘आई स्वियर’, ‘पिलियन’, ‘द ब्यालाड अफ वालिस आइल्यान्ड’,
‘२८ इयर्स लेटर’, ‘डाइ माई लभ’, ‘एफआई’, र ‘ए हाउस अफ डाइनामाइट’लगायत चलचित्र पनि सूचीमा परेका छन् । ‘बाफ्टा अवार्ड’को पहिलो चरणको मतदान समाप्त भएको छ । ९ जनवरीमा सुरु मनोनयन प्रक्रिया २० जनवरीमासमाप्त हुनेछ ।







