विशेष महाधिवेशन : गगन-विश्वलाई यो यात्रा टुंगोमा पुर्‍याउन विनोद चौधरीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रा टुंगोमा पुर्‍याउन आग्रह गरेका छन् ।

आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले भने यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् । ‘महामन्त्रीद्वयलाई अनुरोध गर्दछु–यो यात्रालाई अधुरो नछोड्नुस्, यसलाई निर्णायक यात्रामा पुगाउनुहोस्,’ चौधरीले भने ।

गत ३५ वर्षमा बाटो बिराएको उनको भनाइ थियो । सुशासन दिन नसक्दा यो अवस्था आएको उनले जिकिर गरे । ‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौँ,’ चौधरीले भने ।

बाटो विराएकै कारण जेनजी आन्दोलन भएको उनको भनाइ थियो। ‘जेनजी आन्दोलन राष्ट्र परिवर्तनको पुकार थियो । कयौं त्यस्तो तत्व पनि प्रवेश गरे, जसले मुलुकका संरचना ध्वस्त गरे,’ उनले भने ।

अब आउने निर्वाचनमा युवालाई उम्मेदवार बनाउनुपर्ने उनले बताए। ‘कम्तिमा ५० प्रतिशत नयाँ अनुहारलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाउनुपर्छ,’ उनले भने।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२