नागरिक समाजको भूमिकामा प्रश्न

नेपाली समाजले राजनीतिक स्वतन्त्रताका लागि लामो समय संघर्ष गरेको इतिहास छ । जनसंघर्षबाट राज्य व्यवस्था परिवर्तन भयो । तर, स्वतन्त्रतासहितको राज्य व्यवस्थामा पनि जनता शोषण र उत्पीडनबाट मुक्त हुन सकेको अवस्था छैन । जर्मन चिन्तक एरिक फ्रामका शब्दमा ‘स्वतन्त्रता केवल सत्ता परिवर्तनले हुन सक्दैन । सचेत नागरिकको निरन्तरको हस्तक्षेपले मात्र जीवित रहन्छ ।’ नेपालको सन्दर्भमा समाज अझै पनि सचेत भइसकेको अवस्था देखि“दैन । खुला समाज सचेत बनाउने कार्य हामी नागरिककै हो । नागरिक सक्रिय तथा प्रभावकारी हुन नसक्दा समाज जननिर्वाचित शासकबाटै पीडित हुनुपरेको अवस्था छ ।

नागरिक समाज गैरराजनीतिक, गैरसरकारी तथा स्वयं सेवकीय संगठन हुन्, जसले सत्ताका कमीकमजोरीप्रति खबरदारी गर्नुका साथै सामाजिक सचेतना विकास गर्न प्रभावकारी भूमिका खेल्दछन् । सक्रिय नागरिक समाज भनेको संस्थागत उपस्थितिमात्र होइन, सत्तालाई खबरदारी गर्ने, प्रश्न गर्ने, नैतिक साहास भएको, सत्तालाई उत्तरदायी बनाउने सामूहिक विवेक हो । नागरिक समाज’bout फ्रान्सेली दार्शनिक मिसेल फुको भन्छन्, ‘जहाँ प्रश्न सोध्ने मौन हुन्छन्, त्यहाँ सत्ता जनताको मालिक बन्छ ।’ आजको नेपाल फुकोले भनेजस्तै अवस्थाबाट गुज्रिइरहेको छ । सत्ता जनताको सेवक बन्न सकेको छैन । देशमा सत्तालाई प्रश्न गर्ने संगठित समूहकोे कमी छ ।

महात्मा गान्धीका शब्दमा ‘साँचो लोकतन्त्र सरकारबाट होइन, सचेत र संगठित नागरिक समाजबाट चल्छ ।’ हाम्रो देशको सन्दर्भमा गान्धीले भनेजस्तो नागरिक समाजले सचेत र संगठित रूपमा काम गरेको देखि“दैन । बरु, नागरिक समाज राजनीतिक दलको आस्थामा विभाजित भएको अवस्था छ ।

लोकतान्त्रिक व्यवस्थामा समाजलाई सुसूचित बनाउनका लागि नागरिक समाजको ठुलो भूमिका रहन्छ । विश्वजगतका ऐतिहासिक अध्ययनले विकासको चरमविन्दुमा पुगेका देश पनि एकैपटक विकसित भएका होइनन् । लोकतन्त्रलाई राजनीतिक आधार बनाएर विकास तथा सुशासनमा अब्बल भएका हुन् । राजनीतिक दल र राज्यको कार्यशैली अब्बल बनाउने कार्यमा त्यहाँका नागरिक समाजले सक्रिय भूमिका खेलेको पाइन्छ ।

नेपालमा गणतन्त्रका नायक र नेतृत्वकर्ताले देशकाल, परिस्थिति र समाजको आवश्यकताअनुरुप जनमुखी कार्य गर्न नसक्दा देशको अवस्था नाजुक हुन पुग्यो । अहिले देशका हरेक क्षेत्रमा समस्या व्याप्त छन् । देश विधिको शासनमा चल्न सकेको छैन । भ्रष्टाचार, दलाली, बिचौलिया, कमिसन, सेटिङ, नातावाद, कृपावाद, ढिलासुस्तीलगायत विसंगति यत्रतत्र–सर्वत्र छन् । देश यस्तो अवस्थाबाट गुज्रिइरहेकाले जेनजी सडकमा आए । देशले अकल्पनीय क्षति व्यहोर्नुप¥यो ।

निर्वाचित सरकार अपदस्त भयो । गैरराजनीतिक व्यक्तिका हातमा सत्ता पुग्यो । जेनजीले गरेको विद्रोहका बलमा तत्कालीन सरकार अपदस्त भए पनि आजको अवस्थामा जेनजीको एकल प्रयासले मात्र राजनीतिक तथा सामाजिक समस्या समाधान हुनसक्ने अवस्था छैन । दलभित्रका अनुभवी नेतागण होस् वा युवापुस्ताको जोस, एकजुट भएरै देशलाई निकास दिनुपर्ने बेला छ । त्यसैले देशको यस्तो अवस्थामा नागरिक समाज समन्वयकारी भूमिका आवश्यक छ ।

नोम चोम्स्कीका अनुसार नागरिक समाज कमजोर हुँदा सत्ता स्वेच्छाचारी बन्छ र लोकतन्त्र नाममै सीमित रहन्छ । चोम्स्कीले भनेजस्तो हाम्रो देशको सन्दर्भमा लोकतन्त्र आवरणमा भए पनि जनताले व्यवहारमा अनुभव गर्न सकेको अवस्था छैन ।

राजनीतिक दलको अदूरदर्शिताका कारण अहिले दूरदराजका गाउँबस्ती युवाविहीन भएका छन् । गाउँ पाका नागरिक र केटाकेटीका बस्ती बनेका छन् । देश विकासको संवाहक युवापुस्ता रोजगारीका लागि विदेसिनुपरेको छ । यस सन्दर्भमा सत्ताका गलत कार्यलाई खबरदारी गरी सरकारलाई जनहितमा काम गराउन नागरिक समाजको सशक्त भूमिका अनिवार्य ठानिन्छ ।

नागरिक समाज सक्रिय तथा सशक्त हुन नसक्दा सरकारले प्रभावकारी काम गर्न सकेको छैन । बर्टोल्ट ब्रेख्ट भन्छन्, ‘सबैभन्दा खतरनाक नागरिक त्यो हो, जो अन्याय देखेर पनि मौन बस्छ ।’ लोकतन्त्रमा सरकारलाई नागरिक समाजले खबरदारी गर्दै सही दिशानिर्देश गर्न किन सकेन ? लोकतन्त्रमा समाजलाई सुसूचित बनाउनका लागि नागरिक समाजको अपेक्षा गरिन्छ । मार्टिन लुथरको शब्दमा ‘सबैभन्दा पीडादायी कुरा सत्रुको कठोर शब्द होइन, मित्रहरूको भयभित मौनता हो ।’

मुलुकमा नागरिक समाज मौन अवस्थामा देखिन्छ । नागरिक समाजका बुलन्द आवाज खोइ ? नागरिक समाज सत्ताको खबरदारीकर्ता, सर्वसाधारणका सचेतक तथा समाज रूपान्तरणको माध्यम हुन किन चुक्यो ? लोकतन्त्रमा सुशासन अभ्यास र लोकतान्त्रिक आचरण कार्यान्वयनमा नागरिक समाजले अहम् भूमिका खेल्न नसक्दा देशमा सुशासन स्थापित हुन सकेको छैन । राजनीतिक दलका नेतागणमा लोकतान्त्रिक आचरण तथा व्यवहार अभाव छ । यस सन्दर्भमा सरकारलाई रचनात्मक तथा लोकमैत्री बनाउन नागरिक समाजको भूमिका देख्न र अनुभव गर्न सकिने तहमा हुनुपर्दछ ।

लोकतन्त्रमा प्रशासनतन्त्र सत्ताकेन्द्रीत होइन, जनताकेन्द्रीत हुनुपर्दछ । एन्टोनियो ग्राम्सीका अनुसार नागरिक समाज राज्य र जनताबीचको सेतु हो, यो सेतु कमजोर भयो भने कर्मचारीतन्त्र लोकतान्त्रिक बन्न सक्दैन । ग्राम्सीको भनाई आधार मानेर हेर्दा कर्मचारीतन्त्रले जनचाहना र सार्वजनिक हित आधार बनाएर ‘सर्भिस डेलिभरी’ गरेको छ त ? भन्ने कोणबाट हेर्दा सन्तोष गर्नसक्ने अवस्था छैन ।

जुर्गेन हाबरमास भन्छन्, ‘सार्वजनिक बहस र नागरिक समाज लोकतान्त्रिक जीवनका प्राणवायु हुन् ।’ हाबरमासले भनेजस्तो हाम्रो देशको सन्दर्भमा नागरिक समाज लोकतान्त्रिक समाजलाई सशक्त बनाउने कार्यमा संवाहक बन्न नसक्दा देशमा कैयौं जनआन्दोलन र संघर्षका बाबजुद लोकतान्त्रिक संस्कृति र अभ्यास विकास हुन सकेको छैन ।

दार्शनशास्त्री ग्राबिएल आमण्डका शब्दमा ‘नागरिक समाजले जनचेतना तथा जनजागरूकतामा सहजीकरण गरी जनतालाई मतदान तथा राजनीतिक सहभागिताका विषयमा उपयुक्त निर्णय लिनसक्ने बनाउँछ ।

विगतमा निर्वाचनमा राजनीतिक दल तथा नेतृत्व चयन अभ्यास हेर्दा मतदाताले विवेकपूर्ण निर्णय गर्न सकेको देखि“दैन । पट पटक असफल नेतृत्वलाई मतदान गरी सत्तामा पुग्ने अवसर दिएको पाइन्छ । मतदाताले राजनीतिक दललाई बाँडीचुँडी भोट दिने गरेकाले कुनै पनि दलले एकल सरकार बनाउन सकेको अवस्था छैन । परिणामत ः राजनीतिक अस्थिरता अन्त्य हुन सकेन ।

नागरिक समाज सत्ताविरुद्ध नै काम गर्ने ‘एजेन्ट’ होइन, सत्तालाई सही दिशामा राख्ने विवेकशील शक्ति हो । यो विवेकशील शक्ति कमजोर हुँदा लोकतन्त्र विकास तथा सामाजिक रपान्तरणको गति अवरुद्ध हुन्छ । यस्तै भइरहेको छ । जनताले सहज रूपमा सरकारी सेवा प्राप्त गर्न सकेको अवस्था छैन ।

‘स्थायी सरकार’ भनिने प्रशासनतन्त्र पुरानै चिन्तन र कार्यशैलीमा अभ्यस्त छ । माक्स वेबरका शब्दमा ‘कर्मचारीतन्त्र दक्षताका लागि बनेको प्रणाली हो, तर जब यसले मानब संवेदनशीलता गुमाउँछ, तब यो लोकतन्त्रका लागि खतरा बन्दछ ।’

लोकतन्त्रमा प्रशासनतन्त्र सत्ताकेन्द्रीत होइन, जनताकेन्द्रीत हुनुपर्दछ । एन्टोनियो ग्राम्सीका अनुसार नागरिक समाज राज्य र जनताबीचको सेतु हो, यो सेतु कमजोर भयो भने कर्मचारीतन्त्र लोकतान्त्रिक बन्न सक्दैन । ग्राम्सीको भनाई आधार मानेर हेर्दा कर्मचारीतन्त्रले जनचाहना र सार्वजनिक हित आधार बनाएर ‘सर्भिस डेलिभरी’ गरेको छ त ? भन्ने कोणबाट हेर्दा सन्तोष गर्नसक्ने अवस्था छैन ।

कर्मचारीतन्त्र र समाजको अन्तरसम्बन्ध’bout म्याक्स वेबरका शब्दमा ‘कर्मचारीतन्त्र नियमअनुसार चल्छ, तर यसलाई मानवमुखी बनाउने काम समाजको चेतनाले गर्दछ ।’ नेपाली समाजको चेतनास्तर बढाउनका लागि नागरिक समाजको भूमिका प्रखर देखि“दैन । नागरिक समाज’bout एलेक्सिस दे टोक्भिलले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यास गर्ने विद्यालय हो ।’

एलेक्सिस भनेझैं नागरिक समाजरूपी विद्यालयका ढोका खुला छन् तर लोकतान्त्रिक पाठ्यक्रम र पुस्तकका विषयबस्तु जनताले अध्ययन तथा अभ्यास गर्न पाएको अवस्था छैन । यस अर्थमा समाजलाई सचेत बनाउनका लागि नागरिक समाजले विद्यालयका रूपमा भूमिका खेल्नुपर्दछ, जहाँ लोकतान्त्रिक मूल्य, मान्यताको ज्ञान प्राप्तिस“गै राज्यका कमीकमजोरीप्रति खबरदारी गर्नसक्ने आलोचनात्मक जनचेतना विकास हुन सकोस् ।

लोकतन्त्रको भविष्य राजनीतिक दल र संसद् भवनमा मात्र होइन, सचेत नागरिकको चेतनाको आधारमा निर्भर हुन्छ । जब नागरिक समाज मौन बस्छ, राजनीति उत्तरदायिŒवविहीन हुन्छ । सक्रिय नागरिक समाज भनेको राज्यको सत्रु होइन, राज्यलाई सही दिशामा डो¥याउने निर्देशक शक्ति हो । यस कोणबाट हेर्दा आज हाम्रो देशलाई नारामै सीमित दलीय आस्थाले घेरिएको नागरिक समाज होइन, सत्य बोल्ने, अन्यायविरुद्ध आवाज बुलन्द गर्ने, स्वतन्त्र चिन्तन बोकेको, सत्तालाइ प्रश्न गर्ने, खबरदारी गर्ने सक्रिय नागरिक समाज खाँचो छ ।

सुकरातले ‘प्रश्न नगर्ने जीवन बाँच्न लायक हु“दैन’ भनेझंै प्रश्न गर्न नसक्ने समाज पनि लोकतान्त्रिक हुन सक्दैन । यसर्थ, समाजलाई लोकतान्त्रिक मूल्य र मान्यताको बोध गराउँदै जागरुक बनाउन सक्रिय नागरिक समाजको भूमिका अनिवार्य ठानिन्छ ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रियसभाको अधिवेशन आजदेखि