काठमाडौं । विदेशमा बसोबास गर्ने मधेसी समुदायको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ।
यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो। कार्यक्रम समाजका यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवको अध्यक्षतामा सम्पन्न भएको थियो भने अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
नवनिर्वाचित कार्यसमितिअनुसार शैलेन्द्र कुमार राय अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव चयन हुनुभएको छ भने रामपुकार यादव र रामअयोध्या साह सहअध्यक्षमा चयन भएका छन् । यसैगरी कृष्णकुमार साह महासचिव, अभिमन्यु यादव कोषाध्यक्ष, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन भएका छन् ।

कार्यक्रममा यूएईमा बसोबास गर्दै आएका मधेसी समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै समाजका यूएई शाखाका पूर्वअध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको उपस्थिति रहेको थियो।
त्यस अवसरमा नयाँ वर्ष २०२६ को अवसरमा बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो। बनभोज कार्यक्रममा मधेसी समुदायका परम्परागत खाद्य परिकारसहित सामूहिक भोजन तथा आपसी भेटघाट कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।






