स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले कृत्रिम मानव ‘मेन्किन’ (सिमुलेसन मोडल) हस्तान्तरण गरेको छ ।

आज आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन सेवा केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीलाई सो संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले उक्त कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा स्वास्थ्यमन्त्री डा सुधा गौतमले नेपालको स्वास्थ्य प्रणालीमा सहयोग गरेकामा धन्यवाद दिँदै नेपालको स्वास्थ्य सुधार गर्न सहयोगी संस्थाको ठूलो योगदान रहेको बताइन् ।

उनले जेनजी आन्दोलनका बेला स्वास्थ्य आपतकालीन सेवा केन्द्र र यसका स्वास्थ्य उपकरणमा क्षति भएको उल्लेख गर्दै क्षति भएको उपकरण उपलब्ध गराएकामा सराहना व्यक्त गगरिन् । मन्त्री डा गौतमले नर्वे र नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य जारी राख्नुपर्ने भनाइ राखिन् ।

नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले नेपालमा आपतकालीन प्रणालीलाई थप सेवा गर्न तयार रहेको बताए । मन्त्रालयका प्रवक्ता बुढाथोकीले ११ वटा कृत्रिम मानव ‘मेन्किन’ निःशुल्क रुपमा प्राप्त भएको जानकारी दिए । उनका अनुसार नौ वटा ठूला मानिस र दुई वटा बालबालिका कृत्रिम मानव प्राप्त भएको छ । तिनलाई सात वटै प्रदेशमा एकरएकवटा र एक वटा स्वास्थ्य आपतकालीन सेवा केन्द्र र तीन वटा स्वास्थ्य तालिम केन्द्रमा राखिने छ ।

“कम्प्युर प्रविधिबाट बनाइएका ती मेन्किनले मानिसजस्तै चिच्चाउने, हाउभाउ दिने गर्दछन्” उनले भने, “जसले गर्दा हामीलाई आपतकालीन बेला कुन तरिकाले उपचार गर्ने भन्ने कुरा ती कृत्रिम मानवबाट सिक्न सकिन्छ ।”

लेर्डल ग्लोबल हेल्थका प्रमुख कार्यकारी अधिकृत लिन्डेले नेपाल जस्तो मुलुकलाई आफूहरूले आपतकालीन स्वास्थ्य उपचारमा सहज होस् भनेर निःशुल्क उपलब्ध गराएको बताए । मन्त्रालयका प्रवक्ता बुढाथोकीले सो संस्थाबाट प्राप्त उपकरण करिब ५० लाख बराबरका रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब