लकडाउनमा सन्तोषको तिम्रो मेरो दिल

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले आफ्नो नयाँ आधुनिक गीत ‘तिम्रो मेरो दिलको बास…’को लिरिकल भिडियो शनिबार रिलिज गरेका छन् । ६१ दिनदेखि लकडाउनले घरमा रहेका दर्शक श्रोताका लागि नयाँ गीत प्रस्तुत गरेको यी संगीतकारले बताएका छन् ।

यो गीत निकै कर्णप्रिय बनेको छ । गीत सन्तोष आफैंले लेखेका हुन् । जसमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । गीत निकै राम्रो बनेकाले म्युजिक भिडियो नै बनाएर रिलिज गर्ने चाहना भए पनि लकडाउनका कारण त्यो नसेकेको उनले बताएका छन् । यो युगल गीतलाई अहिले लिरिकल भिडियोमा ल्याए पनि चाँडै म्युजिक भिडियो बनाएर सार्वजनिक गर्ने पनि सन्तोषले बताएका छन् ।

यो गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । जसलाई किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ गरेको पनि संगीतकार श्रेष्ठले बताए । दुई दशकदेखि आधुनिक संगीतमा सक्रिय सन्तोषद्वारा संगीतबद्ध ३४ वटा गीतिसंग्रह बजारमा आइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार