सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

मोरङ । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ ।

गाछिया खेल मैदानमा हुने अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेशका १२ पालिकाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । महिलाहरुमा भलिबल खेललाई प्रोत्साहन गर्न र स्थानीय तहमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख २५ हजार रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता हुने टिमले नगद ६२ हजार ५ सय रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षमा खेलकुद विकासका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकोे बताउदै आगामि साल १ करोड बजेट विन्योजन गराउर्दै खेलकुदको विकासमा निरन्तर काम गर्ने सुन्दरहरैंचा नगर खेलकुद विकासका सदस्य सचिव खड्ग बहादुर श्रेष्ठले जानकारी दिए।

सिदार्थ युवा समाज क्लबले स्थापना भएको छोटो अवधि मै खेलकुदसँगै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै उपमेयर कप महिला भलिबल प्रतियोगितालाई पनि व्यवस्थित र सफल रूपमा सम्पन्न गराउने तयारी भइरहेको अध्यक्ष असिम राईले बताए। प्रतियोगिताका खेल संयोजक पूर्व राष्ट्रिय खेलाडी पोष्टकुमार श्रेष्ठ रहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल