बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ । देश भरी झै बझाङ जिल्लामा पनी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी सदरमुकाम बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शुक्रबार मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला अदालत बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरी निर्वाचनका कार्य संचालनमा ल्याईएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी बसन्त बहादुर धानुकले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली ले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन जिल्लास्थित राजनितिक दल,कर्मचारी, जनप्रतिनिधी , पत्रकार तथा संचारकर्मीको महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । उनले जिल्लाका अति संवेदनशिल र सामान्य अवस्थाका मतदान केन्द्रहरुको अवस्था आँकलन गरी सुरक्षाको व्यवस्थापन गरिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीलेअब संचालन हुने निर्वाचनलाइ शान्तिपूर्ण,भयरहित बनाउन सबैले संयमित हुनुपर्ने बताए । उनले सहित सुचना प्रसारण तथा प्रकाशन गर्नु पर्ने कुरालाई जोड दिदै पत्रकारले आम नागरिकलाई सुसुचित गर्नका लागी पनी अनुरोध गरे । निर्वाचनमा घट्ने विभिन्न घटना घट्न नदिन सबैले स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले बताए ।

साथै उनले निर्वाचनको अवस्थालाई मध्येनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रुपमा परिचालन गरिने र निर्वाचन शान्तिपूर्ण, निष्पक्ष,धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास आफूले लिएको र यस्तो वातावरण बनाउनमा एउटै मुख्य निर्वाचन अधिकृत,प्रहरी, प्रशासन र निर्वाचन कार्यालयकोल मात्रै नभएर आम नागरिक,राजनितिक दल, पत्रकार, समाजसेवि तथा आम नागरिकको पनी दायित्व रहने र सबैले आआफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने निर्वाचन कार्यालयका कार्यालय प्रमुख धानुकले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली,प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, जिल्ला निर्वाचन कार्यालय बझाङ निर्वाचन अधिकारी बसन्त बहादुर धानुक,सुरक्षा निकायका प्रमुख सहित पत्रकारहरुको सहभागीता रहेको थियो ।

बझाङ जिल्लामा १ लाख २६ हजार ९ सय ३ जना मतदाता संख्या रहेको छ । जस मध्ये ६२ हजार २ सय ८९ महिला र ६४ हजार ६ सय १४ जना पुरुष मतदाता संख्या रहेको जिलला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा हाल १ सय ३७ वटा मतदानस्थल र १ सय ८९ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जस मध्ये थलारा गाउँपालिकाको मयल र सर्तौल गरी २ वटा मतदान स्थल थपिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह