गुल्मी । गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगित हुने भएको छ । तम्घासमा रहेको खुकुरी युथ क्लवले यही माघ ६ गतेदेखि १० गतेसम्म इस्मा गाउँपालिका –१ झरनास्थित बिपी पार्कको क्रिकेट रंगशालामा प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिता’bout क्लवले शनिबार तम्घासमा पत्रकार सम्मेलन एवं टाइसेट गरि जानकारी दिएको छ । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिका –०८ का वडाध्यक्ष निरञ्जन काउछाले ट्रफी अनावरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष काउछाले खेलले विध्यार्थीको चौतर्फी विकास गर्नुका साथै अनुशासित बनाउन सहयोग पुग्ने बताए । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन सक्नेछन् ।
प्रतियोगितामा जनसहयोग मावि, सिद्धबाबा मावि, महेन्द्र मावि, लिटल स्टार इङ्लिस बोर्डिङ स्कुल, ब्राइटर इङ्लिस बोर्डिङ स्कुल, नयाँगाउँ मावि सहभागी छन् । त्यस्तै गण्डकी इङ्लिस बोर्डिङ स्कुल, भगवती मावि, रेसुङ्गा मावि, भाडगाउँ मावि, जनजागृती मावि, जनबोध मावि, रेन्बो इङ्लिस बोर्डि स्कूल, दुर्गाभवन मावि, आदर्श विध्या आश्रम, पालुखा मावि र बुद्व मावि गरि कुल १७ विध्यालय सहभागी भएको क्लवका खेल संयोजक कृष्ण श्रीसले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार पाँच सय ५५ एवं द्धितिय हुनेलाई १५ हजार पाँच सय ५५ रुपैँया प्रदान गरिनेछ ।
साथै विजेतालाई ट्रफी, मेडल एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालमा क्रिकेटप्रतिको रुची बढ्दै गएकोले विद्यालयस्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने एवं उनीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष निशान टन्डनले बताए । गत बर्ष २१ हजार पुरस्कार राखिएकोमा यो बर्ष २५ हजार पु¥याइएको छ । गत बर्षको खुकुरी क्रिकेट कप रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माविले जितेको थियो ।






