सागर ढकाल गुल्मी १ बाट चुनाव लड्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका सागर ढकाल यस पटक गुल्मी– १ बाट उम्मेदवार बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढकाललाई गुल्मी–१ बाट उम्मेदवार बनाएको हो। उम्मेदवारको टिकट बोकेर गुल्मी पुगेका ढकालले गुल्मीको विकासका लागि काम गर्ने बताएका छन्।

२०७९ सालको चुनावमा उनी डडेल्धुराबाट चुनाव लडेका छन्। उनले १३ हजार ४२ मत पाएका थिए। त्यतिवेला उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। डडेल्धुराबाट २५ हजार ५३४ मत पाएर देउवा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु