नेहाले किन गरिन गायनबाट विश्राम लिने घोषणा ?

मुम्बई । बलिउड गायिका नेहा कक्कड पछिल्लो समय मानसिक तनावमा छिन् । उनी एकाएक निक डिप्रेसनमा पुगिन भनेर खुलाइएको छैन । पारिवारिक तनावमा समेत उनी रहेको सञ्चार माध्यमले जनाएको छ ।

यी गायिकाले केही समयको लागि आफूले गायनसँगै अन्य जिम्मेवारीबाट विश्राम लिन लागेको घोषणा गरेकी छिन् । उनले सोमबार सामाजिक सञ्जालमा एउटा सूचना साझा गर्दै यस्तो घोषणा गरेकी हुन् । उनले साझा गरेको यो सूचना सामाजिक सञ्जालमा सोमबार तीव्र गतिमा भाइरल भयो । उनलाई धेरैले फोन गरेर स्वास्थ्य तथा अन्य अवस्था’bout सोधपुछ गरेपछि गायिका नेहाले सो पोस्टलाई हटाएकी छिन् ।

उनले फेरी अर्को स्ट्याटस सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकी छिन्,‘ म पापा राजी र फ्यानहरूलाई पनि मेरो भिडियो कतै भेट्दा समेत नखिचिदिन अनुरोध गर्छु । मलाई आशा छ कि तपाईँले मेरो गोपनीयताको सम्मान गर्नुहुनेछ र मलाई यस संसारमा स्वतन्त्र रूपमा बाँच्न दिनुहुनेछ ।’

गायिका नेहाले अगाडि लेखेकी छिन्,‘कृपया क्यामेराहरू नलिनुहोस् । यो मेरो अनुरोध हो र शान्तिको लागि तपाईँले मलाई दिन सक्ने यो एक मात्र चीज हो ।’

गायका नेहा कक्कड पछिल्लो समय विवादमा पर्दै आएकी छिन् । कार्यक्रम स्थलमा पुगेर उनले मञ्चबाटै उटपट्याङ क्रियाकलाप गरेको भन्दै दर्शकले नेहाको विगतमा टिप्पणी समेत गरेका थिए । उनी डिप्रेसनमा भएका कारण यस्तो क्रियाकलाप गरेको हुनसक्ने अनुमान चिकित्सकहरूको छ । तर यस पटक उनले किन गायनबाट केही समयको लागि विश्राम लिन लागेकी हुन भनेर स्पष्ट नपरेपछि विभिन्न प्रकारका शंका गर्न थालिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु