देश निर्वाचनमय छ तर, पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचनको उल्लासमा मिसिन नसकेको भन्दै दुखेसो गरेका छन्। देशभर उम्मेदवारी मनोनयन भइरहँदा रविविरुद्धको सहकारी ठगी मुद्दामा देशका तीनवटा जिल्लामा मुद्दाको सुनुवाई भइरहेको छ।

त्यसक्रममा पर्सा जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटी माग गरेको छ। रविले चितनको क्षेत्र नं २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराउने बताएका छन् । उनी यसअघि सोही क्षेत्रबाट विजयी भएका थिए।

नागरिकता प्रकरणमा पद गएपछि भएको उपनिर्वाचनमा उनले फेरि जिते। तर, सम्पत्ति शुद्धीकरण मुद्दाका कारण उनले दोस्रो पटक पनि पद गुमाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै