तुलसीपुर । बलात्कार गरेरको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका–३ बुटनिया बस्ने २२ बर्षका मेघलाल विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विकले १५ बर्षकी एक युवतीलाई शान्तिनगर गाउँपालिका–५ को बौलाहखोला जंगलमा गएको माघ २० गते जबरजस्ती करणी गरेको आरोप छ । आरोपीलाई प्रहरीले तुलसीपुरको बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
युवतीले जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । पक्राउ परेका युवकलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)