मिश्रासँग विशेषले माग्यो ५ लाख धरौटी

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. संगीता मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी मागेको छ । बुधवार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल बिजक, गलत प्रतिवेदन र भुक्तानी गरेको दाबीसहित झण्डै १४ करोड बिगो दाबी गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको उनीमाथि अभियोग छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु