नवनिर्वाचित सांसदहरूले १० जेठसम्म सम्पत्ति विवरण बुझाइसक्नु पर्ने

काठमाडौं । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आगामी १० जेठसम्म आफ्नो सम्पत्ति विवरण बुझाउन भनेको छ । 

संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले आइतबार सूचना निकालेर नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको स्मरण संसद् सचिवालयले गराएको हो ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

‘प्रतिनिधि सभाका माननीय सदस्यहरूले मिति २०८३ जेठ १० गतेसम्म आर्थिक वर्ष २०८१÷०८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा देहायको विवरणहरू उल्लेख गरी संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र दर्ता गराउनुहुन निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही चैत १२ गते पद तथा गोपनीयताकको शपथ लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय